सिरहाः वडा कार्यालयको शिलालेखमा आफ्नो नाम नराखेको भन्दै जँगिए पूर्व वडाध्यक्ष
पूर्व वडाध्यक्षको कार्यकालमा निर्माणधीन रहेको सो वडा कार्यालय नयाँ वडाध्यक्षको पालामा पूर्णतः निर्माण भई उदघाटन गर्दा नयाँ वडाध्यक्षको नाम हालेको भन्दै पुरानो वडाध्यक्षले विरोध जनाएका छन् ।

२०८० बैशाख २७ बुधबार, राति ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नं. २ मा वडा कार्यालयको उदघाटनपछि विवाद सुरु भएको छ ।
नरहा गाउँपालिका वडा नं. २ मा नव निर्मित वडा कार्यालयको भवनको शिलालेखमा पूर्व मन्त्री एवम् एमालेका नेता लीलानाथ श्रेष्ठ, गाउँपालिका अध्यक्ष राम प्रमोद यादव र वडा नं. २ की वडाध्यक्ष सम्झना सिँहले आफ्नो मात्र नाम राखेपछि विवाद भएको छ ।
सो वडाका पूर्व वडाध्यक्ष ज्ञानदेवसिँह दनुवारले आफ्नो कार्यकालमा शिलान्यास भएको सो वडा कार्यालयको भवनको शिलालेखमा जग्गादाताको पनि नाम हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन पत्र समेत बुझाएका छन् ।
सर्वदलिय बैठकबाट वडा कार्यालय भवनको शिलालेखमा जग्गादाताको नाम हुनुपर्ने जिकिर गर्दै सिडिओलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सो शिलालेख फोडेर जग्गादाताको नाम लेख्नुपर्ने अडान लिएका छन् ।
पूर्व वडाध्यक्षको कार्यकालमा निर्माणधीन रहेको सो वडा कार्यालय नयाँ वडाध्यक्षको पालामा पूर्णतः निर्माण भई उदघाटन गर्दा नयाँ वडाध्यक्षको नाम हालेको भन्दै पुरानो वडाध्यक्षले विरोध जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…