धनुषाः पशुपति प्लाईवुड उद्योगले वातावरणमा जहर मिलाउँदै, स्थानीयहरु आजित
नेपालको संभिदान २०७२ , को दफा ३० बमोजिम स्वच्छ वातावरणको हक सुनिस्चित गरिएको तर पशुपति प्लाईवूड उद्योगले अव्यवस्थित तवरले चिमनीको धुँवा निकाली , उधोगगको दुषित पानी महेन्द्रमार्गमा निकासी गरि धुँवा र फोहर पानीले स्थानीयहरुमा स्वासप्रश्सावको समस्या, आँखा पोल्ने, फलफुल बालिको उत्पादनमा ह्रास हुने समस्याले स्थानीयहरु आजित भएको बताइएको छ ।

२०८० बैशाख २६ मंगलबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ६ स्थित रहेको पशुपति प्लाई उडले वातावरण जहर जस्तै बनाएको आरोप स्थानीयहरुले लगाएका छन् ।
पशुपति प्लाई उडले स्थानीयहरुको वातावरणमा जहर फैलाएको आरोप स्थानीयहरुले लगाएका छन् । स्थानीयहरुको वातावरण शोषण गरिररहेको आरोप लगाउँदै त्यहाँबाट फ्याक्ट्री सार्नको लागि आन्दोलनको चेतावनी दिएको छ ।
मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरस्थित सँचालनमा रहेको पशुपति प्लाई उडले नजिकै रहेको वस्तीको वातावरणलाई ध्यान नदिई गैर कानुनी रुपमा सँचालन गरेको आरोप छ । नगरपालिका र वडा कार्यालयले समेत सो फ्याक्ट्रीलाई नजरअन्दाज गरेको बताइएको छ ।
“एउटा सानो पान पसल खोल्न चारै दिशाको छिमेकीको मंजुरिनामा लिई मुचुल्कुला खडा गर्नु पर्ने तर यत्रो बिघौमा फैलिएको वातावरणको हिसाबले अति संवेदनशिल उधोगले स्थानीय समुदायबाट वा निकायबाट सहमति लिनु नपर्ने ?– एक स्थानीयले प्रश्न गरे ।
“वाताबरण संरक्षण नियमावली २०७७ बमोजिम बातावरण प्रभाव मुल्यांकनको प्रतिबेदन वन तथा बातावरण मन्त्रालयबाट स्वीकृत गराई वातावरण र जनसमुदायमा न्यून प्रभाव पर्ने गरि उत्पादन गर्नु पर्ने नियम भएपनि उधोगको व्यवस्थापक मुकेश महतोजीसंगको स्थानीय समुदाय छलफलमा वातावरण प्रभाव मुल्यांकनको प्रतिबेदन वन तथा बातावरण मन्त्रालयबाट हालसम्म स्वीकृत नगराएको र यस बारेमा केही जानकारी नभएको भन्नु कत्ति सम्मको समाज र बाताबरण प्रतिको गैरजिम्मेबरिपन हो ?”– उनले भने ।
नेपालको संभिदान २०७२ , को दफा ३० बमोजिम स्वच्छ वातावरणको हक सुनिस्चित गरिएको तर पशुपति प्लाईवूड उद्योगले अव्यवस्थित तवरले चिमनीको धुँवा निकाली , उधोगगको दुषित पानी महेन्द्रमार्गमा निकासी गरि धुँवा र फोहर पानीले स्थानीयहरुमा स्वासप्रश्सावको समस्या, आँखा पोल्ने, फलफुल बालिको उत्पादनमा ह्रास हुने समस्याले स्थानीयहरु आजित भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…