विकासतर्फ उन्मुख धनुषाधामका मेयर मण्डल, एकैदिन दुई विद्यालय भवनको शिलान्यास
सो अवधी भित्र कार्य सम्पन्न गर्ने साथै गुणस्तरीय काम गरेर दिने प्रतिबद्धता समेत गरेका छ्न । यसै गरि संघियको शशर्त पुजिँगत अनुदान र नगरपालिकाको लगानीमा ६६ लाख रा.प्रा.बि. मंगलपुरमा ६६ लाख बाराबरको भवन गुगल कन्स्ट्रक्सनले ठेक्का पाएको हो ।

२०८० बैशाख २५ सोमबार, राति १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा नगर प्रमुख बालेश्वर मण्डलले एकै दिन दुई विद्यालय भवनको शिलान्यास गरेका छन । नगरपालिकाको वडा नं २ मा एकै दिनमा २ वटा विधालयको भवन शिलान्यास गरिएको हो ।
श्री राष्ट्रिय प्राथमिक बिधालय मंगलपुर र श्री राष्ट्रिय प्राथमिक बिधालय मंगलपुरको विधालय भवन शिलान्यास गरिएको हो ।
वडा नं. २ का वडाध्यक्ष लक्ष्मी साहको अध्यक्षता तथा नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा विद्यालयको शिलान्यास कार्यक्रम गरिएको छ । वडा अध्यक्ष साहले शिलान्यास गर्दै शिक्षा क्षेत्रलाई बलियो बनाउन जाग्राम हुन जरुरी देखिएको बताए । उनल भने , –“हामी हरेक सम्भव शिक्षा क्षेत्रमा सुधार्न प्रयास गर्ने छौँ ।”
प्रमुख अतिथिको आसन्नबाट बोल्दै मेयर मण्डलले भने –“हामी वास्तवमा सब भन्दा पहिला शिक्षामा सुधार ल्याउनु आवश्यक देखिन्छन् कसैको दबाब र जोडबलले सुधार हुदैन सबैजना आफ्नो ठाउँबाट नैतिकता सहि राखी जिम्मेवारी वहन गरेमा तुरुन्त सुधार हुन्छ। साथै धनुषाधाम नगरपालिकाको प्रत्येक वडामा पठनपाठनमा सुबिधा हुने गरि बजेट विनियोजित गरि भवनहरु निर्माण हुँदै आएको छ । यसै अन्तरगत मंगलपुर ,सिसमपुर पनि खाचो भएकोले योजना राखिएको थियो । यो भवन निर्माण भएपछि उपलब्धि हुनेछ ।”
संघीय सरकारको शशर्त बिशेष अनुदान र नगरपालिका अनतर्गत १ करोड २ लाख रा.प्रा.बि. सिसमपुरका ठेक्का मालिया कन्स्ट्रक्सनले गर्ने छ । सो कन्स्ट्रक्सनका प्रोपाईटर प्रदिप भण्डारीका अनुसार यो कार्य सम्झौता पत्र हातमा आउन वितिक्कै द्रुत गतिमा कार्य शुरु हुने बताए ।
सो अवधी भित्र कार्य सम्पन्न गर्ने साथै गुणस्तरीय काम गरेर दिने प्रतिबद्धता समेत गरेका छ्न । यसै गरि संघियको शशर्त पुजिँगत अनुदान र नगरपालिकाको लगानीमा ६६ लाख रा.प्रा.बि. मंगलपुरमा ६६ लाख बाराबरको भवन गुगल कन्स्ट्रक्सनले ठेक्का पाएको हो ।
स्थानीय बुद्धिजीवी ,समाजसेवी,स्थानीयहरुको उपस्थितिमा शिलान्यास गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…