मावि स्कूलको नयाँ भवनले विद्यार्थीहरुको लागि कोसेढुँगा साबित हुनेछः गाँपा अध्यक्ष यादव
शिलान्साय कार्यक्रमको लागि गाउँपािलका उपाध्यक्ष कमला सहगल, वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, वडा सदस्य गणेशमान कामत, बबिता राउत कुर्मीसहित विभिन्न राजनीतिक दलका प्रतिनीधि, बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

२०८० बैशाख २३ शनिबार, बिहान ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी चन्हास्थित रहेको माध्यमिक विद्यालयको एक नयाँ भवन बनाउन बुधबार शिलान्यास गरिएको छ ।
जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, र समानुपाति तर्फबाट प्रदेश सभाका सदस्य ममता देवी मण्डलले सँयुक्त रुपमा शिलान्यास गर्दै यथाशिघ्र भवन बन्ने प्रतिवद्धता जाहेर गरे ।
उपभोक्ता समिति गठन गरेर भवन निर्माणको लागि २५ लाख रुपैयाँ रहेको छ । यो हप्ता भित्र भवन निर्माण कार्य सुरु हुने गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
यादवका अनुसार, प्रदेश सभा सदस्य मण्डलको सँसदीय कोषबाट अध्यक्ष यादवकै पहलमा सो योजना ल्याइएको हो । कैयौँ वर्ष देखि स्कुलमा कक्षा कोठाको समस्या रहेको अवस्थामा नयाँ भवनले कोसेढुँगा साबित हुने विश्वास जनाए ।
बर्षौदेखि भवनको अभावमा विद्यार्थीहरुले अभाव भोग्दै आउँदा गाउँपालिका अध्यक्ष यादवले विकास र स्थानीय सरकारको अनूभूति दिलाएको स्कुलका प्रधानाध्यापक हरीलाल सहनीले बताए ।
शिलान्साय कार्यक्रमको लागि गाउँपािलका उपाध्यक्ष कमला सहगल, वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, वडा सदस्य गणेशमान कामत, बबिता राउत कुर्मीसहित विभिन्न राजनीतिक दलका प्रतिनीधि, बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…