जनकपुरः ट्रिपरको ठक्करबाट बालकको मृत्यू, प्रहरीले गरे फायर
ठक्करबाट सोही ठाउँकी राधी कुमारी एक बालिका घाइते भएका छन् । उनको उपचार अहिले जनकपुरस्थित भईरहेको छ । दुर्घटनापछि टिपरका चालक फरार भएका छन् । स्थानीयले प्रहरी प्रशासन र टिपर आतंक विरुद्ध प्रदर्शन गरेको हो ।

२०८० बैशाख १९ मंगलबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सोमबार धनुषामा ट्रिपरको ठक्करबाट एक बालकको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरस्थित ट्रिपरले ठक्कर दिएपछि बालकको ज्यान गएको हो ।
ट्रिपरको ठक्करबाट बच्चाको मृत्यु र एक घाइते भएपछि अबस्था तनावग्रस्त बन्यो । स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर समेत गरे ।
स्थानीयले सोमबार दुर्घटना भए लगत्तै आगो लगाएको थियो , यद्यपी, प्रहरीले नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।
प्रदेश २–०३–००१ क १६२१ नम्वरको टिपरको ठक्करबाट सबैला नगरपालिका १२ सिर्खाटोलका ७ वर्षिय बालक रियान यादवको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्करबाट सोही ठाउँकी राधी कुमारी एक बालिका घाइते भएका छन् । उनको उपचार अहिले जनकपुरस्थित भईरहेको छ । दुर्घटनापछि टिपरका चालक फरार भएका छन् । स्थानीयले प्रहरी प्रशासन र टिपर आतंक विरुद्ध प्रदर्शन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…