नदीमा एक युवक मृत फेला
ईलाका प्रहरी कार्यालय बिरेन्द्र बजार धनुषादेखि अन्दाजी ४ किलोमिटर उत्तर पर्ने सो नदीमा गहुगोरो रँग, पातलो शरिर, सेतो रंगको गन्जि लगाएको ,कलेजी रंगको कट्टु लगाएको युवक मृत अवस्थामा फेला परेको हो ।

२०८० बैशाख १४ बिहीबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवक नदीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १ ज्यामिरे खोलाको किनारमा युवक मृत फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले युवकको तस्विर सार्वजनिक गर्दै पहिचान गर्न आग्रह गरेका छन् । ईलाका प्रहरी कार्यालय ढल्केवरले अन्दाजी २७ बर्षिय युवक मृत अवस्थामा फेला परेको बताएको छ ।
गत मँगलबार ज्यामिरे खोलमा मृत अवस्थामा युवक देखिएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराइएको थियो । जानकारी पाएलगत्तै प्रहरी नीरिक्षकको कमाण्डमा गएको प्रहरी टोलीले मुचुल्का गरेको थियो ।
ईलाका प्रहरी कार्यालय बिरेन्द्र बजार धनुषादेखि अन्दाजी ४ किलोमिटर उत्तर पर्ने सो नदीमा गहुगोरो रँग, पातलो शरिर, सेतो रंगको गन्जि लगाएको ,कलेजी रंगको कट्टु लगाएको युवक मृत अवस्थामा फेला परेको हो ।
प्रहरीले मृतकको पहिचान अझै नभएकोले चिन्नुहुनेले प्रहरीलाई खवर गर्न आग्रह गरेको छ । अहिले युवकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…