चितवनमा बज्यो घण्टी, बारामा हर्नको ब्याट्री डाउन
यता, बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । दिउँसो २ बजेसम्म उपेन्द्र यादवले १४ हजार ५ सय ४३ मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ९ हजार ७४० मत ल्याएका छन् ।

२०८० बैशाख १२ मंगलबार, दिउँसो २:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उप निर्वाचनको क्रममा चितवन निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले कुल ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका जीतनारायाण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका छन् । लामिछाने विजयी घोषित भएका छन् ।
यता, बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । दिउँसो २ बजेसम्म उपेन्द्र यादवले १४ हजार ५ सय ४३ मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ९ हजार ७४० मत ल्याएका छन् ।
सोमबार साँझसम्म अग्रता लिएका कुशवाहाले बेलुकीसम्म पछाडी परेका हुन् । यादवले निरन्तर मतान्तर बढाउँदै गएका छन् । अहिले महागढीमाई नगरपालिकाको मतगणना जारी रहेको छ । देवताल गाउँपालिकाको समेत बक्सा खुलेको जानकारी दिइएको छ ।
देवतालमा जसपाको पक्कड बलियो छ भने गढीमाई नगरपालिकामा शिवचन्द्र कुशवाहाको राम्रो पक्कड रहेको बताइएको छ । यद्यपी, अहिले मतगणना जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…