पूर्वमन्त्री अरगरियाले बनाइदिए सल्हेश मन्दिर
शहिदनगर नगरपालिका उपमेयर सुनिता सिंह, नेकपा एमाले क्षेत्र नं.२ क्षेत्रीय अध्यक्ष जय प्रकाश सुनरैत, पूर्व वडा अध्यक्ष जैसिलाल भिनवार, शहिदनगर ७ नं. वडा अध्यक्ष महेश्वर मण्डल, सत्रुधन पसवान, रामचन्द्र चोरवार, अध्यक्षता सतेन्द्र चोरवार र गाउँको बुद्धिजिविहरु उपस्थितमा मूर्ति स्थापनासहित मन्दिरको उदघाटन गरिएको हो ।

२०८० बैशाख २ शनिबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री उमा शंकर उमाशंकर अरगरियाको विकासे कोषबाट सल्हेश मन्दिरको निर्माण गरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. २ को शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुरस्थित नेता अरगरियाको सँसदीय विकास कोषबाट सल्हेश मन्दिर निर्माण गरिएको हो ।
शुक्रबार सल्हेश पूजाकै दिन नेता अरगरियाले एक कार्यक्रमबीच मन्दिरको उदघाटन गरेका हुन् । सो क्रममा उनले मूर्ति स्थापना समेत गरे ।
शहिदनगर नगरपालिका उपमेयर सुनिता सिंह, नेकपा एमाले क्षेत्र नं.२ क्षेत्रीय अध्यक्ष जय प्रकाश सुनरैत, पूर्व वडा अध्यक्ष जैसिलाल भिनवार, शहिदनगर ७ नं. वडा अध्यक्ष महेश्वर मण्डल, सत्रुधन पसवान, रामचन्द्र चोरवार, अध्यक्षता सतेन्द्र चोरवार र गाउँको बुद्धिजिविहरु उपस्थितमा मूर्ति स्थापनासहित मन्दिरको उदघाटन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…