मिटरब्याज पीडितहरुबाट असुली गरेको स्टेटस लेखेको निहुँमा पत्रकार यादवउपर आक्रमण प्रयास
सोही विषयलाई लिएर ठेकेदार शिबनन्दन यादव , रामबाबु मोचि, रेखा साह , एक सिरहा पत्रकारका ससुरा भनिएका रामआशिष ठाकुरले पत्रकार सबिन यादवलाई दुरव्यवहार गरेको आरोप लगाईएको छ ।

२०७९ चैत २९ बुधबार, बेलुकी ६:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहका मिटरब्याज पीडितहरुबाट रकमको डील गरेको सन्दर्भमा स्टेटस लेख्दा न्यूज ब्यूरोका सिरहा प्रमुख सबिन यादवमाथि आक्रमण प्रयास भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय सिरहामा साहुबाट रकम लिएका समूह र रकम दिने समूहबीच छलफल चलिरहँदा रिपोर्टिँगको लागि पुगेका पत्रकार यादवमाथि आक्रमण प्रयास भएको हो ।
जिल्ला प्रशासनकै कार्यालय परिसरभित्र ब्याजमा रकम लिएका मान्छेहरुसँग असुली गरी मिटरब्याजीबाट रकम छुटाईदिने प्रलोभनमा पारेको सन्दर्भमा भएको डीलको स्टीँग अपरेशन गरेका पत्रकार यादवले सोही कुरा फेसबुकमा लेखेपछि सिरहाकै एक सँचारकर्मीका आफन्तले आक्रमण प्रयास गरेका छन् ।
मिटरब्याज पीडित र मिटरब्याजीबीच मिलापत्र गरी छुटसुट गरेर मिल्ने सहमति अन्तिम हुँदा मिटरब्याज पीडितसँग रकम असुली गरी झुठा दिलासा दिएका ठेकेदारहरुले गुण्डा पठाएर पत्रकार यादवउपर आक्रमण प्रयास गरेको थियो ।
आज जिल्ला प्रशासन कार्यालय सिरहामा छलफल हुने क्रममा रकम दिने साहु र ऋषीबीच छलफल भइरहँदा एक रुपैयाँ पनि तिर्नुनपर्ने भनेर रकम असुली गरी ठेक्का लिएका दलालहरुले गुण्डा पठाएर सहमति भाँडन खोजेको थियो । सोही क्रममा पत्रकार यादवले रिपोर्टिँग गर्न पुग्न उनीमाथि आक्रमण प्रयास भएको बताइएको छ ।

पत्रकार यादवले फेसबुकमा मिटरब्याजी पीडितबाट पनि रकम असुल गरेको सन्दर्भमा केही पत्रकारसँग भएको डीलको भिडियो बनाएपछि आज आक्रमण प्रयास भएको हो ।
सोही विषयलाई लिएर ठेकेदार शिबनन्दन यादव , रामबाबु मोचि, रेखा साह , एक सिरहा पत्रकारका ससुरा भनिएका रामआशिष ठाकुरले पत्रकार सबिन यादवलाई दुरव्यवहार गरेको आरोप लगाईएको छ ।
एक महिला ठेकेदार रेखा साहले पत्रकार यादवलाई थर्काएकी थिईन् । उनी आफूलाई मिटरब्याज पीडित भनिएपनि उनी मिटरब्याज पीडित भने होइनन् । उनी ऋष लिएर मूलधन नै तिर्न नचाहेर केही पत्रकारको साहारा लिएर सबै रकम नदिने मनसाय बनाएकी हुन् । पत्रकार र मिटरब्याज पीडितबीचको डील रेखा साहले गर्दै आएकी हुन् ।
काठमान्डौँ आन्दोलनको लागि जाँदा मिटरब्याज पीडितहरुसँग समेत रकम असुली गरी पैसा तिर्नुनपर्ने प्रलोभन दिएको बुझिएको छ । ऋणको रकम नै नतिर्नुपर्ने भ्रम पलाएर मिटरब्याज पीडितहरुबाट लाखौँ रुपैयाँ उठाएको आरोप छ । साहुलाई १० लाख तिर्नुपर्नेमा सो १० लाख आन्दोलनबाट मिनाह गराईदिने भन्दै ३ लाख नै हामीलाई देउ भन्दै डील भएको बुझिएको छ ।
१० लाखको सट्टा ३ लाखमै काम हुने आसमा काठमान्डौँसम्म प्रदर्शन गर्न पुगेका सिरहाका ती मिटरब्याज पीडितहरुले केही पत्रकारसँगै नै सेटिँग गरेको बताईएको छ । डीलको बारेमा पर्दाफास हुने भएपछि उनीहरुले पीडितहरुलाई नै उक्साएर आक्रमणको प्रयास गराएको आरोप लगाइएको छ ।
सिडिओसँग आफ्नो उच्च कनेक्सन भएको भन्दै महिनौ अगाडी तमसुकको कागजात च्यात्न लगाउने प्रलोभन दिएर मिटरब्याज पीडित भनिएको व्यक्तिहरुबाट केही जनाले डील गरेको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…