स्कूलका विद्यार्थीहरु क्लास छाडेर क्याफेमा सिगरेट तान्दै, अभिभावक अनभिज्ञ
यद्यपी, उनीहरु घरबाट स्कूलको लागि निस्केपनि स्कूल नै नपुगेर सीधा क्याफेमा गई नियमित चुरोट खाने गरेको बताइएको छ । उनीहरुको उमेर बढीमा १० देखि १४ बर्षको रहेको छ ।

२०७९ चैत १६ बिहीबार, दिउँसो ३:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको मिर्चैयास्थित रहेको एक बोर्डिङग स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
विभिन्न कक्षामा पढने कलिला उमेरका बालकहरु नजिकै रहेको होटल क्याफेमा गएर चुरोट तान्दै गरेको तस्विरहरु समाजिक सँजालमा जताततै देखिएको छ ।
ती विद्यार्थीहरु विहिबार मिर्चैयास्थित एक क्याफेमा चुरोट तान्दै गरेको देखिएका छन् । उनीहरु कक्षा चलिरहेकै बेला कक्षा छाडेर होटलमा मोजमस्ती गरेको बताइएको छ ।
यद्यपी, उनीहरु घरबाट स्कूलको लागि निस्केपनि स्कूल नै नपुगेर सीधा क्याफेमा गई नियमित चुरोट खाने गरेको बताइएको छ । उनीहरुको उमेर बढीमा १० देखि १४ बर्षको रहेको छ ।
सो विद्यालयमा पढने ती विद्यार्थीहरुलाई निगरानी भने विद्यालयको तर्फबाट भइनरहेको स्पष्ट छ । कटारीचोकस्थित रहेको एलाइट होटेलमा विद्यार्थीहरु पस्ने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…