जानकी मेडिकल कलेजमा डा. साहको बदमासी, जाँचमा दिए गलत रिपोर्ट, उल्टै गर्भवतिलाई थर्काए
डा. प्रमोद साहले गर्भवति अन्जुलाई बच्चा हुने समय नै नपुगेको बताएका थिए । यसरी एक महिना समय नै घटाएर भनेपछि बच्चासहित सुत्केरीको समेत ज्यान जाने खतरा हुन सक्थ्यो । मात्र ३२ महिना ४ दिन भनेर मास नपुगेको भन्दा अन्जुका परिवारजनले डाक्टर साहलाई प्रश्न गरेका थिए । त्यसपछि डाक्टर साहले उल्टै अन्जु र उनका परिवारलाई जहाँ जानुछ जाउ, कसैले केही गर्न सक्दैन भनेर रवाफ् देखाएका थिए ।

२०७९ चैत ११ शनिबार, बेलुकी ७:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको लागि पुगेकी एक गर्भवति (सुत्केरी) महिलालाई फरक फरक रिपोर्ट दिएपछि विरामी पक्ष तनावमा छन् ।
जानकी मेडिकल कलेजमा गरिएको चेकजाँचको क्रममा एक गर्भवति महिलालाई समय, महिनाको फरक देखाएको हो । जानकी मेडिकल कलेजको रिपोर्टमा मात्र ३२ हप्ता पुगेको भन्दै विरामीलाई त्रसित बनाएको थियो ।
डा. प्रमोद कुमार साहले धनुषाको सपही बस्ने अन्जु कुमारी यादवले गर्भवति जाँचको लागि जानकी मेडिकलमा जाँदा उनलाई ३२ हप्ता ४ दिन मात्र भएको रिपोर्ट दियो भने अन्जु पुनः लक्की अल्ट्रासाउण्डमा चेकजाँच गराउँदा ३७ हप्ता २ दिन देखाएपछि विरामी पक्ष र डाक्टर प्रमोदबीच तनाव उत्पन्न भएको हो ।
डा. प्रमोद साहले गर्भवति अन्जुलाई बच्चा हुने समय नै नपुगेको बताएका थिए । यसरी एक महिना समय नै घटाएर भनेपछि बच्चासहित सुत्केरीको समेत ज्यान जाने खतरा हुन सक्थ्यो । मात्र ३२ हप्ता ४ दिन भनेर मास नपुगेको भन्दा अन्जुका परिवारजनले डाक्टर साहलाई प्रश्न गरेका थिए । त्यसपछि डाक्टर साहले उल्टै अन्जु र उनका परिवारलाई जहाँ जानुछ जाउ, कसैले केही गर्न सक्दैन भनेर रवाफ् देखाएका थिए ।
लक्की अल्ट्रासाउण्डले गरेको चेकजाँच अनुसार अन्जुले शुक्रबार नै बच्चा पाएकी हुन् । त्यहाँको रिपोर्ट ९ महिना २४ दिन पुगेको भनेर दिएको थियो ।
डा. साहको रिपोर्ट अनुसार बच्चाको तौल मात्र २ किलो देखाएपनि लक्की अल्ट्रासाउडको रिपोर्टमा ३.२ किलोको रिपोर्ट देखाएको थियो ।
डा. साहले दुई महिनापछि मात्र बच्चा हुने भनिएपछि सोही दिन बच्चा भएको हो । अन्जुलाई प्रसव पीडा भएपछि अपरेशन मार्फत बच्चा जन्माएको हो । बच्चाको अवस्था स्वस्थ्य रहेको छ भने रिपोर्ट अनुसार बच्चाको तौल ३.२ किलो रहेको पाइएको हो ।
गर्भवतिलाई जबरदस्ती भर्ना गर्ने, डर देखाएर रकम असुल्ने प्रवृतिले चिकित्सकहरुमाथिबाट विश्वास गुम्दै गएको छ । डा. प्रमोदसँग सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…