धनुषाको धारापानीमा सर्पदंश उपचार केन्द्र सँचालनमा
धनुषाधाम नगरपालिका वार्ड नं ९ भिमान ब्यारेक अगाडि जग्गा नगरपालिकाको आफ्नो जग्गा नगरपालिकाको नगरस्तरीय योजना बाट ५० लाख रकम छुटयाए भवन निर्माण गरिएको सर्पदंश केन्द्र संचालक समितीले जानकारी दिए । सर्पदंश केन्द्र सँचालनमा आएपछि अकालमै

२०७९ चैत ११ शनिबार, दिउँसो ३:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाममा सर्प दंश उपचार केन्द्र धारापानीमा संचालनमा आएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित ब्यारेकको अगाडी संर्प दंशकेन्द्र संचालनमा आएको हो ।
तराई–मधेसको विभिन्न क्षेत्रमा विभिन्न प्रजातिका विषालु सर्पहरु टोकेपछि समयमा उपचार नपाउँदा ज्यान जाने गरेको भन्दै धनुषाधाममै सर्पदंश उपचार केन्द्र सँचालनमा ल्याएको छ ।
त्यस नगरपालिकाबाट नेपाली सेनासंग समन्वय गरि संचालन गरिएको छ सुविधायुक्त सर्पदंश केन्द्र संचालन गरिएको नगरपालिकाका मेयर बालेश्वर मण्डलले बताएका छ्न ।
धनुषाधाम नगरपालिका वार्ड नं ९ भिमान ब्यारेक अगाडि जग्गा नगरपालिकाको आफ्नो जग्गा नगरपालिकाको नगरस्तरीय योजना बाट ५० लाख रकम छुटयाए भवन निर्माण गरिएको सर्पदंश केन्द्र संचालक समितीले जानकारी दिए ।
सर्पदंश केन्द्र सँचालनमा आएपछि अकालमै ज्यान जानेबाट जोगिने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…