जनकपुरः गोठबाटै भैँसी चोर्ने भैँसी चोर पक्राउ
सोधपुछको क्रममा पक्राउ परेका यादवले यादवले रामचन्द्र कटवालको गोठबाट चोरी ल्याएको भनि स्वीकार गरेपछि भैँसी ल्याएर भैँसी मालिकलाई बुझाएको हो । उनलाई पशु चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको छ ।

२०७९ फागुन १७ बुधबार, राति ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गोठबाटै भैँसी चोर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन १२ गते करिब ५ बजेको समयमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दुधमति टोलस्थितबाट एक जनाको गोठमा पसी भैँसी चोरी गरेको आरोपमा बर्ष ५० को सत्रुधन यादवलाई पक्राउ गरिएको हो ।
दुधमती टोल बस्ने रामचन्द्र कटवालको गोठबाट भैंसी चोरी भएको उजुरीपछि खटिएको प्रहरीले झण्डै ३ दिनपछि भैँसीसहित चोरलाई समेत पक्राउ गर्न सफल भएको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भैँसी चोरी गर्ने मानिस खोजी गर्ने क्रममा गत फागुन १४ गते साँझ करिब ६ बजेको समयमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ मंगलपुर तर्फ जाने सडक खण्डमा सोही स्थान बस्ने शत्रुहन यादवले शंकास्पद रुपमा भैंसी डोर्याई हिडिरहेको अवस्थामा फेला पारेको बताइएको छ ।
सोधपुछको क्रममा पक्राउ परेका यादवले रामचन्द्र कटवालको गोठबाट चोरी ल्याएको भनि स्वीकार गरेपछि भैँसी ल्याएर भैँसी मालिकलाई बुझाएको हो । उनलाई पशु चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको छ ।
यादवले भैँसी चोरी गरेपछि शंका उब्जेको छ । साधारण भैँसी किन चोरी गरेको भन्दै अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…