राजर्षि जनक विश्वविद्यालयमा लोवि संघको ५१ सदस्यीय कमिटि गठन
सोमबार राजर्षि जनक विश्वविद्यालयमा सुशान्त यादवको नेतृत्वमा ५१ सदस्यीय कमिटि गठन गरिएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघले आउँदो चुनावको लागि तयारी थालेको हो ।

२०७९ फागुन ८ सोमबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको राजर्षि विश्वविद्यालय अन्तर्गत लोकतान्त्रिक विद्याथी संघको कमिटि गठन गरिएको छ ।
सोमबार राजर्षि जनक विश्वविद्यालयमा सुशान्त यादवको नेतृत्वमा ५१ सदस्यीय कमिटि गठन गरिएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघले आउँदो चुनावको लागि तयारी थालेको हो ।
आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठनहरु तयारीमा जुटेका छन् ।
संघका धनुषा जिल्ला अध्यक्ष सन्दिप ठाकुरको अध्यक्षता तथा लोसपाका विद्यार्थी नेता सानु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट ५१ सदस्यी कमिटि गठन गरिएको हो ।
बैठकमा विशिष्ट अतिथिको रुपमा त्रिदेव मिश्र रहेका थिए भने अतिथिको रुपमा प्रशान्त झा उपस्थिति जनाएका थिए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…