धनुषाको धनौजी गाउँपालिकामा नयाँ अधिकृत यादव भए हाजिर
यसअघि रामकिशोर महतो प्रमुख प्रशासकीय अधिकृत हुँदा उनीमाथि विशेष अदालतमा मुद्दा दायर भएपनि उनी निलम्बनमा परेका छन् । मन्त्रालयले रञ्जित कुमार यादवलाई नयाँ अधिकृतको रुपमा कामकाज गर्ने गरी खटाएको हो ।

२०७९ फागुन ८ सोमबार, दिउँसो ४:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा नयाँ अधिकृत भएर रँजित कुमार यादव हाजिर भएका छन् ।
सोमबार उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । संघीय मामिला मन्त्रालयले अधिकृत यादवलाई धनौजीको काम कारवाहीको जिम्मेवारी तोकेर पठाएको हो ।
पुरानो भुक्तानीको विषयमा जनप्रतिनीधि र कर्मचारीहरुबीच निरन्तर विवाद चलिरहेको बेला अधिकृत यादवले कमान सम्हाल्ने भएको छ ।
यसअघि रामकिशोर महतो प्रमुख प्रशासकीय अधिकृत हुँदा उनीमाथि विशेष अदालतमा मुद्दा दायर भएपनि उनी निलम्बनमा परेका छन् । मन्त्रालयले रञ्जित कुमार यादवलाई नयाँ अधिकृतको रुपमा कामकाज गर्ने गरी खटाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…