न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा नयाँ अधिकृत भएर रँजित कुमार यादव हाजिर भएका छन् ।
सोमबार उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । संघीय मामिला मन्त्रालयले अधिकृत यादवलाई धनौजीको काम कारवाहीको जिम्मेवारी तोकेर पठाएको हो ।
पुरानो भुक्तानीको विषयमा जनप्रतिनीधि र कर्मचारीहरुबीच निरन्तर विवाद चलिरहेको बेला अधिकृत यादवले कमान सम्हाल्ने भएको छ ।
यसअघि रामकिशोर महतो प्रमुख प्रशासकीय अधिकृत हुँदा उनीमाथि विशेष अदालतमा मुद्दा दायर भएपनि उनी निलम्बनमा परेका छन् । मन्त्रालयले रञ्जित कुमार यादवलाई नयाँ अधिकृतको रुपमा कामकाज गर्ने गरी खटाएको हो ।
बलरा नगरपालिकालाई सरकारी कर्मचारीको हब बनाउँछौँः मेयर कुशवाहा
२०७९ फाल्गुण ८ सोमबार
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख (मेयर) रामा शंकर प्रसाद कुशवाहाले नगरपालिकालाई कर्मचारीको हब बनाउने बताएका छन् ।
मँगलबार नगरभित्रका छात्रछात्राहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षालाई उदघाटन
मँगलबार नगरभित्रका छात्रछात्राहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षालाई उदघाटन गर्दै मेयर कुशवाहाले ५ बर्षको अवधीमा बलरा नगरपालिकाबाट दर्जनौ सरकारी कर्मचारी बनाउने लक्ष्य राखेको बताए ।
मेयर कुशवाहाले लोकसेवा आयोगको तयारीको लागि मोटो रकम तिर्नुपर्ने हुँदा गरिव, विपन्न, जेहेन्दार र लोकसेवाको तयारी गर्न चाहेका नगरभरिका छात्रछात्राहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सँचालन गरेको बताए ।
विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत उमेश महतो
उनले भने, –“युवाहरुलाई विदेश पलायनबाट पनि रोक्नु छ, झोलाको भारी बोकेर यति बर्षसम्म पढेर पनि झोला बोकेर विदेश जानुपर्ने स्थितिलाई नियन्त्रणमा लिनुपर्छ । अब किताबको भारी बोकेका विद्यार्थीहरुले खाडीको भारी बोक्नुपर्दैन्, तर यसको लागि खाडीभन्दा पनि पाँच गुणा मिहिनेतको आवश्यकता हुन्छ । लोकसेवा आयोग चानचुने होइन् । आगोमा जलेर निखार ल्याउनुपर्छ ।”
उनले विद्यार्थीहरुको आर्थिक अवस्था र पर शहरमै गएर लोकसेवा परीक्षाको तयारी गर्नुपर्ने बाध्यतात्म स्थितिलाई नियन्त्रण गर्न नगरभरिका छात्र छात्राहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी सुरु गरेको बताए । उनले स्थानीय स्तरमै तयारी कक्षा सँचालन भएपनि झन सहज र समयको पनि बचत हुने बताए ।
उदघाटन कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले लोकसेवा हलुको नभएपनि यसलाई त्यतिपनि भारी नलिनुपर्ने जिकिर गरे । उनले आफू पटक पटक लोकसेवा लडेर यहाँसम्म आईपुगेको बताउँदै मिहिनेत र जुनुनको रफ्तार सयौँ गुणा बढाए मात्र सफलता पाउने बताए ।
लोकसेवा तयारी कक्षामा सहभागी विद्यार्थीहरु
लोकसेवा आयोग तयारी कक्षामा सहभागी छात्रछात्राहरुलाई आफ्नो अनुभव सुनाउँदै अधिकृत महतोले नगरपालिकाको यो योजनालाई सफल बनाउन सबैमा आग्रह गरे । उपस्थित विद्यार्थीहरुमध्ये कम्तीमा ३० प्रतिशत विद्यार्थीले लोकसेवामा नाम निकाल्नुपर्ने जिकिर गरे ।
अधिकृत महतोले लोकसेवा तयारी कक्षाको क्रममा कुनै प्रकारको बाधा, अडचन, समस्या भए निर्वाध रुपमा आफू वा नगर प्रमुखसहित अन्य पदाधिकारीलाई जानकारी गराउन सल्लाह पनि दिए ।
बलरा नगरपालिकाको वडा नम्बर ९ स्थित रहेको सीताराम आधारभूत विद्यालयमा लोकसेवा आयोगको तयारी कक्षा सँचालन गरिएको हो ।
उदघाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख कोशिला देवी विशिष्ट अतिथिको रुपमा सहभागी भएकी थिइन् भने विद्यालयका शिक्षक, प्रधानाध्यापकसहित विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, पत्रकार, अधिकारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।