धनुषाको कमला नगरपालिकामा असार २५ गतेभित्र विद्यालय व्यवस्थापन समिति बनाउन निर्देशन

२०८३ असार ३ बुधबार
बिहान ०८:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका समुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति गठनको लागि निर्देशन दिइएको छ । 

कमला नगरपालिकाभित्र रहेका समुदायिक विद्यालयहरुमा शिक्षा ऐन अनुसार असार २५ गतेभित्रै व्यवस्थापन समिति गठन गरी नगरपालिकामा बुझाउन निर्देशन दिएको हो । 

नगरपालिकाका कार्यालय प्रमुख डा. श्रवण कुमार साहद्धारा हस्ताक्षरित जारी सूचनामा शिक्षा ऐन २०२८ (केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३) सहितको दफा १२ तथा शिक्षा नियमावली २०५९ को नियम २३ बमोजिम २०८३ असार २५ सम्म विद्यालय व्यवस्थापन समिति गठन गरी नगरपालिकामा बुझाउन निर्देशन दिएको हो । 

असार १ गते नै जारी भएको सूचनाको लागि विद्यालयहरुमा व्यवस्थापन समिति गठनको प्रक्रिया चालिएको बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपालका आम सर्वसाधारणमा ‘घण्टा भाइरस’ को त्रास

  • २०८३ असार ३ बुधबार

नेपालमा पछिल्ला केही वर्षयता एउटा नयाँ "भाइरस" फैलिएको चर्चा हुन थालेको छ । यसको नाम वैज्ञानिकहरूले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताले राखेका हुन्:- "घण्टा भाइरस" । घण्टा भाइरसले शरीरलाई होइन, बहस गर्ने शैलीलाई

पूरा पढ्नुहोस्

Bureau Menus