न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको संरचनापछि कमला नगरपालिका पहिलो पटक जनहितकारी ट्रयाकमा देखिएको छ । आगामी आर्थिक बर्ष चालु हुन ३ महिना मात्र बाँकी रहँदा चालु आर्थिक बर्षको लागि नगरसभा गर्न लागेको कमला नगरपालिकाले प्रथम पटक योजना छनौटको लागि सार्वजनिक भेला बोलाएको हो ।
अन्तिम चौमासिक चलिरहँदा कमला नगरपालिकाले नगरसभाको लागि समय तोकेको छ । समाजिक सुरक्षा भत्ता लाभग्राहीहरुले आन्दोलन सुरु गरेपछि आउँदो चैत्त ३० गते नगरसभा बोलाएको हो ।
नगर प्रमुख बिशेश्वर यादवले चालु आर्थिक बर्षको लागि चैत्त ३० गते नगरसभा तय भएको जनाएका छन् । एक सूचना जारी गर्दै नगरभित्रका वृद्धवृद्धा, बालबालिकाहरुको समाजिक सुरक्षा भत्ता उपलब्ध, शिक्षकहरुको तलब, कर्मचारीहरुको तलबमा समस्या भएपछि ३० गते नगरसभा गरी त्यसको एक साताभित्रैबाट योजना सँचालनक, तलबभत्ता, समाजिक सुरक्षा भत्ता खातामा जाने विश्वास लिइएको छ ।
कमला नगरपालिकाले विभिन्न वडालाई समेत सो अवधिभित्रै वडास्तरीय योजना पेश गर्न अनुरोध गरे बमोजिम केही वडाहरुले योजना बनाइसकेको बताईएको छ । केहीले भने पेश गर्न बाँकी रहेको छ ।
शिक्षकहरुको आन्दोलन, वृद्धवृद्धाहरुको आन्दोलन, सर्वसाधारणहरुले आन्दोलन गरेपछि नगर प्रमुख विशेश्वर यादवले ३० गते नगरसभाको लागि प्रतिवद्धता जनाएको हो । जसको लागि नगरस्तरीय योजना छनौट गर्न ९ वटै वडालाई दुई ठाउँमा भेला गरी योजना सार्वजनिक रुपमा छनौट गराउन अपिल पहिलो पटक गरिएको हो ।
वस्तीस्तरमा गएर योजना माग्नु सुशासन भएपनि समयावधि कम भएको भन्दै सामुहिक रुपमा योजनामाथि छलफल गरी बजेट अनुसार योजना गाभिने बताइएको छ ।
९ वटै वडाका वडाध्यक्षहरु, उपमेयर र कार्यपालिका सदस्यहरुले सहमति जनाएपछि नगरसभा चैत्त ३० गते तय भएको हो ।
मोबाइल डेटा प्रयोगकर्ताका लागि ठूलो राहत, अब अनुमति बिना काटिने छैन ब्यालेन्स
- २०८२ चैत २३ सोमबार
न्यूज ब्यूरो, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डेटा सेवामा सुधार गर्दै ग्राहकको अनुमति बिना ब्यालेन्स नकाटिने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको १० बुँदे सुधारात्मक
पूरा पढ्नुहोस्


.jpeg)