
न्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक धनुषाधामस्थित रहेको धनुषाधाम संरक्षित समुदायिक वन फडानीमा वन कर्मचारीकै मिलोमत्तो रहेको खुलेको छ ।
विगत केही महिनादेखि निरन्तर धनुषाधाम वनबाट अवैद्य रुपमा वन फडानी भईरहेको अवस्थामा धनुषा प्रहरीले लुकाएर राखिएको काठको गोलिया बरामद गरेको छ ।
धनुषाधााम नगरपालिका वडा नम्बर २ मँगलपुर (वनको छेउ) स्थित नालामा लुकाएर राखिएको करिब १० फिटको ५ वटा काठमाको गोलिया बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक राजेन्द्र प्रसाद यादवको नेतृत्वका गएको प्रहरी टोलीले सार्वजनिक नालामा उँखुको छोक्रा (बोक्रा, सिठ्ठी) मुनि लुकाएर राखिएको ५ वटा गोलिया बरामद गरेको हो ।
सोही क्रममा धनुषद्धारादेखि करिब २०० मिटर उत्तर रहेको मटकोरबा पोखरीबाट समेत एक गोलिया बरामद गरेको हो । विशेष सूचनाको आधारमा तस्करहरुले वन काटेर काठको गोलिया विभिन्न स्थानमा लुकाएको जानकारीपछि प्रहरी एक्सनमा आएको हो ।
यसअघिका वन अधिकृत हुँदा नियन्त्रणमा रहेको धनुषाधाम वन फडानी अहिले नयाँ हाकिम आउँदा वन फडानी बढेको छ । वन कार्यालयका कर्मचारीहरु, पालेहरुको मिलोमत्तोमै वन फडानी भईरहेको स्थानीयहरुले आरोप लगाएका छन् ।
पालेहरु रातराती उठेर तस्करलाई रुख काटन मदत समेत गर्ने गरेको आरोप स्थानीयहरुको छ । धनुषाधाम संरक्षित वनमा जँगली जनावरहरु समेत रहेको छ भने सो क्षेत्रको पहिचान र वातावरण अनुकुलताको लागि वन सहयोग गर्दै आएको छ ।
भारत र बंगलादेशका प्रमुख आयुक्तसहितको पर्यवेक्षक टोलीद्वारा निर्वाचन अनुगमन
- २०७९ माघ ४ बुधबार
न्यूज ब्यूरो, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले मतदान केन्द्रको अवलोकन गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि विभिन्न मुलुकका पर्यवेक्षक आएका थिए । विदेशी पर्यवेक्षकहरूले आइतबार बिहान काठमाडौंको मीनभवन
पूरा पढ्नुहोस्