मन्त्री बने लगत्तै कुशवाहा सबभन्दा पहिले शहिद परिवारको शरणमा
मधेश प्रदेशमा कुशवाहालाई भिजनरी नेताको रुपमा चिनिन्छ । विदेशमा समेत व्यापार फैलाएका ईन्जिनीयर कुश्वाहाले मधेशका युवाहरुलाई रोजगारी सिर्जना गर्ने योजनाको मास्टरमाईण्ड मानिन्छ ।

२०७९ पुस ३० शनिबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशका मन्त्री बनेका ईन्जिनीयर बसन्त कुश्वाहाले सबभन्दा पहिले शहिद परिवारलाई भेंट गरेका छन् ।
शुक्रबार मन्त्री पदको सपथ लिएका मन्त्री कुशवाहाले सबभन्दा पहिले शहिद परिवारसँग भेंटघाटसहित सम्मान गरी कार्य सुरु गरेका छन् ।
शुक्रबार सपथ ग्रहण गरेका जनमत पार्टीका मन्त्री कुशवाहाले मधेश आन्दोलनका शहीद ब्रह्मदेव ठाकुरको आमा अहेलिया देवीलाई सम्मान गर्दै काम सुरु गरेका छन् ।
गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ वीरेन्द्र बजारस्थित उनको घरमै पुगेर मन्त्री कुशवाहाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । २०६३ माघमा पूर्व– पश्चिम राजमार्गसँगै जोडिएको वीरेन्द्रबजार चोकमा प्रहरीले चलाएको गोली लागेर १७ वर्षीय ब्रह्मदेवको मृत्यु भएको थियो ।
मधेश आन्दोलनमा मारिएका उनी धनुषाका पहिलो शहीद हुन् । जनमत पार्टीका सांसद तथा मन्त्रीले सबै पक्षलाई समेटेर मधेश फस्टको अवधारणामा काम गर्ने नीति लिएको छ ।
सोही अनुसार उनीहरुले काम गर्ने जनमत समक्ष आश्वासन पनि दिएका छन् । जनमत पार्टी पहिलो पटक सरकारमा सहभागी भएको छ ।
मधेश प्रदेशमा कुशवाहालाई भिजनरी नेताको रुपमा चिनिन्छ । विदेशमा समेत व्यापार फैलाएका ईन्जिनीयर कुश्वाहाले मधेशका युवाहरुलाई रोजगारी सिर्जना गर्ने योजनाको मास्टरमाईण्ड मानिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…