नगरपालिका कार्यालय आउने विपन्न सेवाग्राहीलाई न्यानो कम्बल दिएर सेवा दिँदै मेयर यादव
अत्यधिक चिसोको कारण तराईसहित शहिदनगर नगरपालिकाको जनजीवन समेत प्रभावित भएको भन्दै उनले चिसोबाट नगरवासीलाई बचाउन उनले यस्तो गरेको बताए । विपन्न, दलित, गरिब परिवारबाट सेवा लिन नगरपालिका आउनेहरुलाई न्यानो कम्बल दिने गरेको मेयर यादवले थपे ।

२०७९ पुस २७ बुधबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीलाई न्यानो कम्बल दिएर सेवा दिने गरेका छन् ।
तराईमा बढदै गरेको शितलहरको कारण चिसोमा सेवा लिन नगरपालिका कार्यालय आउने गरेका विपन्न सेवाग्राहीहरुलाई न्यानो कम्बल दिएर पठाउने गरेका छन् ।
यदुकूहास्थित रहेको नगरपालिकाको कार्यालयमा सेवा लिन विभिन्न वडाबाट आउने विपन्न सेवाग्राहीहरुलाई सम्मानसहित चिसोबाट बचाउन न्यानो कम्बल दिन थालेका छन् ।
दुरदराजका वडाबाट आउने मोटो कपडा नभएको सेवाग्राहीहरुलाई केन्द्रीत गरी नगरपालिका कार्यालयमै न्यानो मोटो कम्बल दिन सुरु गरिएको मेयर दिनेश प्रसाद यादवले जानकारी दिए ।
अत्यधिक चिसोको कारण तराईसहित शहिदनगर नगरपालिकाको जनजीवन समेत प्रभावित भएको भन्दै उनले चिसोबाट नगरवासीलाई बचाउन उनले यस्तो गरेको बताए । विपन्न, दलित, गरिब परिवारबाट सेवा लिन नगरपालिका आउनेहरुलाई न्यानो कम्बल दिने गरेको मेयर यादवले थपे ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…