२१ औँ विद्यार्थी सम्मेलनको लागि मोनाष्टिक टिम बँगलादेशमा
न्यूज ब्यूरो || जनकपुरधाम , १५ बैशाख । २१ औं अन्तर्राष्ट्रिय विद्यार्थी सम्मेलनमा सहभागी हुनको लागि जनकपुरबाट मोनास्टिक हाइयर सेकेन्डरी ईङ्ग्लिस बोर्डिङ्ग स्कुल बँगलादेश पुगेका हुन् । गत विहिवार नै बँगलादेशको लागि प्रस्थान गरेका मोनाष्टिक टिमले बँगलादेशमा आयोजना गरिएको उक्त सम्मेलनमा जनकपुरबाट एक्लो

२०७५ बैशाख १५ शनिबार, दिउँसो १२:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १५ बैशाख । २१ औं अन्तर्राष्ट्रिय विद्यार्थी सम्मेलनमा सहभागी हुनको लागि जनकपुरबाट मोनास्टिक हाइयर सेकेन्डरी ईङ्ग्लिस बोर्डिङ्ग स्कुल बँगलादेश पुगेका हुन् ।
गत विहिवार नै बँगलादेशको लागि प्रस्थान गरेका मोनाष्टिक टिमले बँगलादेशमा आयोजना गरिएको उक्त सम्मेलनमा जनकपुरबाट एक्लो सहभागिता जनाएका हुन् ।
बङ्गलादेश सोसाइटी फर टोटल क्वालिटी मैनेजमेन्ट ( बिएसटिक्युएम) को आयोजनामा हुन लागेको सो सम्मेलनमा स्कुलका फाउन्डर डा।सोनु कुमारको नेतृत्वमा शिक्षक रमेश कर्ण, विद्यार्थी लिडर प्रसान्त झा सहित शिव अधिकारी, सार्थक बछार र रितिक यादव लगायत ६ जनाको मोनाष्टिक टिम बङ्गलादेश गएका हुन् ।
"बिश्वमा शान्ती र दिगो बिकाशका लागि गुणस्तरिय शिक्षाको आवश्यकता " नारासङ्गै आरम्भ भएको यस सम्मेलनमा स्थानिय बिद्यालयको समस्या, सामान्य ज्ञान प्रतियोगिता, कम्प्युटर प्रोग्राम, वाद विवाद लगायतका विभिन्न किसिमका क्रियाकलाप तथा प्रतियोगिता विद्यार्थीहरु बिच हुने गरेको छ ।
यस सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, साउथ अफ्रिका, कतार, टर्की, पाकिस्तान, युएसए लगायत करिब डेढ दर्जन भन्दा बढी देशका दुई सय भन्दा बढी विद्यार्थीहरु दर्जनौ बिद्यालयबाट सहभागी भएको जानकारी डा। सोनु कुमारले दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…