पिकनिक खान गएका युवाहरुबीच झडप, एक मोसामा आगजनी, गाडीमा तोडफोड
स्थानीय किसानहरुले फसल उब्जाउने जमिनमा मोटरसाईकल चलाएर नबिगार्न आग्रह गरेपनि दुबरकोटका युवकहरुले बलपूर्वक गाडी चलाएपछि झडप भएको थियो । दुई पक्षबीच भएको झडपको क्रममा एक मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ पुस १७ आइतबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्र धनुषामा युवाहरुको दुई समूहबीच झडप भएको छ ।
पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ६ सखुवा मडानस्थित पिकनिक मनाउन गएका कमला नगरपालिका वडा नं. ९ युवक र स्थानीय युवकबीच झडप भएको हो ।
अँग्रेजी नयाँ बर्ष २०२३ को अवसरमा पिकनिक मनाउन कमला धार (नदी) मा गएका वडा नं. ९ दुबरकोट हथलेटवाका युवाहरुले वडा नं. ६ सखुवा मडानका स्थानीयहरुले मोटरसाईकल (मोसा) मा आगो लगाईदिएको हो ।
दुबरकोटका युवकहरुले पिकनिक मनाउन जाँदा गहुँ उब्जाउने जमिनमा मोटरसाईकल स्टण्ट गरेपछि स्थानीय एक किसानहरुले जमिन नबिगारिदिन आग्रह गरेका थिए । तर, रक्सीले मातेका युवकहरुले गहुँ उब्जाउने जमिनमा मोटरसाईकल स्टण्ड नरोकेपछि आक्रोसित स्थानीयहरुसँग भनाभन भएपछि उग्र रुप लिएको थियो ।

स्थानीय किसानहरुले फसल उब्जाउने जमिनमा मोटरसाईकल चलाएर नबिगार्न आग्रह गरेपनि दुबरकोटका युवकहरुले बलपूर्वक गाडी चलाएपछि झडप भएको थियो । दुई पक्षबीच भएको झडपको क्रममा एक मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोही क्रममा स १ च १५०९ नम्बरको चारपाँग्रे गाडीमा समेत तोडफोड गरिदिएको हो । पिकनिक मनाउन गएको सो गाडीमा स्थानीय किसानहरुले झडपपछि गाडीमा तोडफोड गरिदिएको हो ।
प्रत्यक्षदर्शीहरुका अनुसार, सो झडपको क्रममा दुई मोटरसाईकलमा आगजनी गरी जलाएको हो । सो झडपमा आधा दर्जन युवक घाईते भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…