धनुषाधाममा अतिक्रमण गरी बनाइएको घर टहरामा वडाध्यक्षको डोजर
यसका साथै, स्थायी घर बनाइएका घर धनीहरुलाई पुनः म्याद दिई यथाशिघ्र अतिक्रमित जग्गा खाली गर्न सूचना दिएको हो । सो नगरपालिकाभित्र सार्वजनिक अतिक्रमित जग्गा खाली गराउने पहिलो वडाध्ययक्ष हुन ईन्द्र कुमार महतो ।

२०७९ पुस ५ मंगलबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा एक वडाध्यक्षले अतिक्रमित जग्गा खाली गराउन डोजर चलाउन सुरु गरेका छन् ।
धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयविघामा सोमबार वडाध्यक्ष ईन्द्रकुमार महतोले अतिक्रमण गरी बनाइएको अस्थायी टहरा, टाट हटाउन डोजर चलाएका हुन् ।
दोस्रो पटक सोही वडामा निर्वाचित भएका वडाध्यक्ष महतोले सार्वजनिक जग्गा अतिक्रमण, सडक अतिक्रमण गरी व्यक्ति प्रयोजन गरेको भन्दै उनीहरुलाई सूचना काटिएको थियो ।
७ दिनभित्र अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेपनि अटेरी गरेपछि वडाध्यक्ष महतो आफैँ डोजर लिएर अतिक्रमित जग्गामा डोजर चलाउन लगाएको हो ।
सोमबार सडक अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमण, मठ मन्दिरको जग्गा अतिक्रमणलाई हटाउन हातमा कागजात लिएरै टहराहरु भत्काएका छन् । यसअघि उनले आफ्ना वडावासीलाई घर घर पुगेर अतिक्रमित जग्गा खाली गर्न सूचना दिएका थिए ।
सडक अतिक्रणको कारण दुर्घटना हुने सम्भावना बढेको भन्दै उनले सबभन्दा पहिले सार्वजिनक सडकलाई खाली गर्न लगाएका छन् । सडक छेउमा सडक अतिक्रमण गरी नै बनाइएको अस्थायी घर टहराहरुलाई हटाएका छन् ।
यसका साथै, स्थायी घर बनाइएका घर धनीहरुलाई पुनः म्याद दिई यथाशिघ्र अतिक्रमित जग्गा खाली गर्न सूचना दिएको हो । सो नगरपालिकाभित्र सार्वजनिक अतिक्रमित जग्गा खाली गराउने पहिलो वडाध्ययक्ष हुन ईन्द्र कुमार महतो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…