धनुषाधाम नगरपालिकाद्धारा २ वटा मोटरबोट सहयोग, धनुषसागरमा मोटर बोट (डुँगा) चल्ने
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २० किलो मिटर दुरिमा रहेका धनुषाधाम स्थित धनुष सागर पोखरीमा धनुषाधाम नगरपालिकाकाले दुई थान मोटरबोट सहयोग गरेका छ्न । नगरपालिकाका मेयर बालेश्वर मण्डलले धनुष सागर पोखरी तथा धनुष मन्दिर सफाई महाअभियानलाई टेवा पुरयाउने गरी दुई वटा मोटरबोट सहय

२०७९ पुस २ शनिबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २० किलो मिटर दुरिमा रहेका धनुषाधाम स्थित धनुष सागर पोखरीमा धनुषाधाम नगरपालिकाकाले दुई थान मोटरबोट सहयोग गरेका छ्न ।
नगरपालिकाका मेयर बालेश्वर मण्डलले धनुष सागर पोखरी तथा धनुष मन्दिर सफाई महाअभियानलाई टेवा पुरयाउने गरी दुई वटा मोटरबोट सहयोग गरेको हो । धनुषाधामलाई पयर्टक लोभ्याउन सो मोटरबोट सहयोग गरिएको हो ।
नगरपालिकाले तत्कालै २ वटा नाउँ (डुँगा) खरिदपछि बिस्तारै अझै व्यवस्थापन गर्ने मेयर मण्डलले बताए । श्रदालुभक्तजनलाई आकर्षक केन्द्रमा बनाउन योजनाबद्ध अझै कार्यहरु गर्ने बताए ।
न्यूज ब्यूरोका पत्रकार एवम् रेडियो धनुषाधामका सँचालक समेत रहेका पत्रकार बिनय कुमार यादवले तत्कालको लागि नगरपालिकाले अभियानलाई टेवा पुग्ने गरी दुई वटा डुँगा सहयोग गरेको बताए ।
स्थानीय युवाहरूको अगुवाईमा संचालन गरिएको महा–अभियानमा पर्यटकियहरुको आवत जावत दैनिक सयौंको संख्या रहेको ठाउँ पर्यटकिय स्थल धनुषाधामस्थित धनुष सागरमा आकर्षित र पर्यटक समय खर्च मनोरञ्जनात्मक बनाउन बोट (नाउँ) को लागि पत्रकार यादवले पहल थालेका थिए ।
महाअभियानबाट स्थानीय ब्यापार स्थलगत अत्याधिक फाईदाहरु हुने र बिस्तारै अझै कार्यहरु अगि चरणवद्ध तवरले अगाडी बढीरहेको अभियानी संयोजक सद्स्य अशोक मण्डलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…