मझौवा युथ क्लबको कार्यालय उद्घाटन तथा सरसफाइ कार्यक्रम
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको मिर्चैया वडा नम्बर ८ स्थित मझौवामा युवाहरू द्वारा मझौवा युथ क्लब स्थापना गरी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । लक्ष्मीपूजामा हिन्दु धर्मलाम्बिहरुको आराध्य देवी लक्ष्मीको आगमन हुने भन्दै मझौवामा युवाहरू युथ क्लब स्थापना गरी कार्यालय उद्घाटन कार्यक्रम र

२०७९ कार्तिक ८ मंगलबार, बिहान ५:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको मिर्चैया वडा नम्बर ८ स्थित मझौवामा युवाहरू द्वारा मझौवा युथ क्लब स्थापना गरी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।
लक्ष्मीपूजामा हिन्दु धर्मलाम्बिहरुको आराध्य देवी लक्ष्मीको आगमन हुने भन्दै मझौवामा युवाहरू युथ क्लब स्थापना गरी कार्यालय उद्घाटन कार्यक्रम र सरसफाइ कार्यक्रम गरेको हो ।
स्थानीय युवाहरू भित्र रहेका प्रतिभा उजागर, खेलकुदको विकास लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यले मझौवा युथ क्लबको गठन गरिएको अध्यक्ष विपिन कुमार रायले बताए । अन्य संस्थाले समेट्न नसकेका कुराहरू यस क्लबले समेट्ने उनको भनाई छ ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायतका स्थानीय युवाहरूको सक्रिय उपस्थिति रहेको थियो ।
यस क्लब द्वारा समाज रूपान्तरणका लागि आउने दिनमा सक्रिय रहने संस्थापक दिवस पटेलले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…