धनुषामा हिन्दु–मुस्लिम एकसाथ मनाए टिका
सो कार्यक्रममा मोलबी अलाउदिन राईनले पर्वले भाईचाराको सद्भाव महोबतको पैगाम पठाउन खाले टिका कार्यक्रम रहेको बताए । प्रत्येक व्यक्तिको आफ्नो आफ्नो धर्म हुन्छ र सबै समुदाय एकाआपसमा मिलिजुलि मनाउनु पर्ने बताए ।

२०७९ असोज १९ बुधबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मालम्बीहरुले मनाउने विजया दशमीको अवसरमा धनुषामा हिन्दु र मुस्लिम समुदायले एकसाथ टिका कार्यक्रम मनाएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ दक्षिणवारि टोल नौसय विघामा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुले एक आपसमा टिका लगाएर विजयादशमी मनाएको हो ।
स्थानीय युवाहरूको अगुवाईमा आयोजित टीका कार्यक्रम बजरंग अधारभुत विधालयको प्राङ्गणमा नगर उपप्रमुख बिध्यादेवी भुजेलको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो ।
सो क्रममा उपमेयर भुजेलले सबै जात धर्मको आ–आफ्नो पर्व भएपनि समाजमा भाईचारा कायम राख्न धर्मभन्दा पनि मानवता दर्साउनुपर्ने बताइन् ।
साथै, यस टीका कार्यक्रममा हिन्दु मुस्लिम समुदाय एकसाथ टीका कार्यक्रम मनाउदा निकै खुसी भएको बताइन ।भोलि दिनमा अझै समाजिक सदभाव बढदै जाओस् भन्ने कामना समेत गरे ।
सोही क्रममा वडा अध्यक्ष इन्द्रकुमार महतोले असत्य माथी सत्यको विजयको स्वरुप यो पर्व विजया दशमीमा दुई समुदाय एक ठाउँमा टिका मनाउनु नै मानवताको परिचय भएका े बताए । एकापसमा दुःख बिर्सेर मित्रता बढाउनका लागि यस टीका कार्यक्रमको मान्यता दिएको बताए ।
सो कार्यक्रममा मोलबी अलाउदिन राईनले पर्वले भाईचाराको सद्भाव महोबतको पैगाम पठाउन खाले टिका कार्यक्रम रहेको बताए । प्रत्येक व्यक्तिको आफ्नो आफ्नो धर्म हुन्छ र सबै समुदाय एकाआपसमा मिलिजुलि मनाउनु पर्ने बताए ।
सो कार्यक्रम स्थानीय बुद्धिजीवी ,राजनेतीकर्मी,शिक्षक पत्रकार , समाजसेवीहरुको व्यापक उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…