धनुषाः तीन जना सवार मोसाले ठक्कर दिँदा एउटै खुट्टाको हड्डी तीन ठाउँमा टुटयो
यता, सवारी चालक रुपेश मण्डललाई समेत खुट्टामा चोट लागेको तथा पछाडी बस्ने दुई युवक सकुशल रहेको र उनीहरुलाई मोटरसाईकलसहित नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

२०७९ भदौ ३१ शुक्रबार, राति ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लास्थित तीन जना सवार मोटरसाईकल (मोसा) ले ठक्कर दिँदा एक व्यक्तिको एउटै खुट्टा तीन ठाउँमा भाँचिएको छ ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर २ माचि भिटकैयाको लक्ष्मीचोकस्थित शुक्रबार राती ९ः१५ बजेको समयमा ठक्कर दिँदा एउटै खुट्टाको हड्डी तीन पटक भाँचिएको छ ।
जनकपुरधामतर्फबाट कमला नगरपालिकाको वडा नम्बर २ बिजुलियातर्फ गईरहेको प्रदेश २–०२–००४ प ०५५७ नम्बरको एनएस मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ५५ बर्षिय रामसेवक साहको बायाँ खुट्टाको हड्डी तीन पटक भाँचिएको छ ।
सवारी चालक कमला नगरपालिका वडा नम्बर २ बिजुलिया बस्ने दिनेश मण्डलको छोरा बर्ष १८ को रुपेश मण्डल, पछाडी सवार कालिचरण पासवानको छोरा बर्ष १७ ईनरजीत पासवान र सोही ठाउँ बस्ने सुरेश मण्डलको छोरा बर्ष १८ को प्रभाष मण्डल रहेका छन् ।
एउटै मोटरसाईकलमा तीन जना सवार ती युवकहरुले त्यहाँ अर्को सवारीमा ठक्कर दिएको थियो । शुक्रबार सो स्थानमा बजार लाग्ने गरेकोले बजारमा आएका साहलाई मोटरसाईकलले ठक्कर दिएपछि हड्डी नै भाँचिएको हो ।
खुट्टामा गहिरो चोट लागेको साहलाई तत्कालै एम्बुलेन्स मार्फत उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको प्रहरीचौकी माचि झिटकैयाले जनाएको छ ।
यता, सवारी चालक रुपेश मण्डललाई समेत खुट्टामा चोट लागेको तथा पछाडी बस्ने दुई युवक सकुशल रहेको र उनीहरुलाई मोटरसाईकलसहित नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…