बलात्कार प्रयास आरोपमा जनकपुरबाट एक पक्राउ
न्यूज ब्यूरो || जनकपरधाम, ४ बैशाख । जबरजस्ती करणी प्रयासको आरोपमा जनकपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नंं. २४ सोनापारा बस्ने बर्ष ३६ का दिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत बर्ष चैत्त ३० गते शुक्रवार दिनदहाडै छिमेकमै एक महि

२०७५ बैशाख ४ मंगलबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपरधाम, ४ बैशाख । जबरजस्ती करणी प्रयासको आरोपमा जनकपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नंं. २४ सोनापारा बस्ने बर्ष ३६ का दिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत बर्ष चैत्त ३० गते शुक्रवार दिनदहाडै छिमेकमै एक महिलालाई घरमा कोही नभएको मौका छोपी मण्डलले जबरजस्ती करणी प्रयास गरेको भन्दै उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डलले महिलालाई मादक पदार्थ सेवन गरी दिउँसै करिब १ बजेको समयमा जबरजस्ती करणी गर्न खोज्दा महिलाले प्रतिकार गर्दै आवाज लगाएपछि अन्य छिमेकीहरु थाहा पाउँदा उनलाई प्रहरीलाई खवर गरेका थिए ।
यता, मण्डलाई जबरजस्ती करणी प्रयासको मुद्दा चलाइएको छ भने अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…