जनकपुरः युवकलाई रातभरि प्रहरी हिरासतभित्रै यातनाको आरोप, प्रहरी भन्छन-'सिसिटिभी चेक गर्नुस'
उनलाई प्रादेशिक अस्पतालको आपतकालिन कक्षमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएका पिडित युवाले समेत विहिवार करिव ९ बजे राती खाना खाएपछि आफुलाई प्रहरीले हात तल र खुट्टा माथी गर्न लगाएर चरम यातना दिएको आरोप लगाएका छन् ।

२०७९ भदौ २६ आइतबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक युवकलाई प्रहरीले रातभरि यातना दिएको आरोप लगाइएको छ ।
धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाँउपालिकाका बस्ने एक युवकलाई धनुषा प्रहरीले थुना भित्रै यातना दिएको आरोप लागाइएको छ ।
गाँउपालिकाका वडा नम्बर १ मुसरनिया टोलमा आरकेस्ट्रा कार्यक्रमको क्रममा भएको झडप घटना आरोपमा पक्राउ परेका स्थानिय युवा धिरज कुमार यादवलाई विहिवार राती थुना भित्रै प्रहरीले चरम यातना दिएको पिडित र स्थानियले आरोप लगाएका छन् ।
उनलाई प्रादेशिक अस्पतालको आपतकालिन कक्षमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएका पिडित युवाले समेत विहिवार करिव ९ बजे राती खाना खाएपछि आफुलाई प्रहरीले हात तल र खुट्टा माथी गर्न लगाएर चरम यातना दिएको आरोप लगाएका छन् ।
अस्पतालमा उपचारार्थ घाइते यादवलाई भेटन नेपाली कांग्रेसका नेता मधेश सरकारका मन्त्री रामसरोज यादव, पार्टी सभापती योगेन्द्र पजियार सहितका नेता कार्यक्रताहरु अस्पताल पुगेका छन् ।
उनीहरुले घटनाको निश्पक्ष छानविन हुनुपर्ने बताएका छन् । थुनुवा यादव अभद्र व्यवहार मुद्दामा थुनामा रहेको बताइएको छ ।
यस विषयमा धनुषाका प्रहरी उपरिक्षक एसपी वसन्त रजौरेले यातना दिएको कुरामा सत्यता नरहेको बताए ।
यातना दिएको नदिएको छानविनका लागि मेडिकल परिक्षण, सिसिटिभी फुटेज सहितका धेरै उपाय र छानविनका लागि आफुहरु तयार रहेको र सत्य भए सम्बन्धितलाई कारवाही समेत गरिने उनको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…