सिजन फेसनको .......

हुन त अहिले दर खाने र नाँचगान गर्ने कार्यक्रम महिनौ दिनअघिदेखि नै सुरु हुन्छ । कतिले यसलाई देखावटी भन्ने गरेका छन् भने कतिले रमाइलो गर्ने र आआफ्नो घरमा बोलाएर सत्कार गर्ने रूपमा लिएका छन्।

२०७९ भदौ १२ आइतबार
बिहान ११:०५ बजे

जीवन एउटा प्रवाहशील नदि हो । यो मनुष्यको यस्तो गतिशील यात्रा रहेछ, जसलाई हामी भोग्न, बुझ्ने सम्झने र विचार गर्ने गर्दा रहेछौं , यहि यात्राको सिलसिलामा तराई मधेसको सुन्दर मिथिलाञ्चल भूमि छाडेर कंक्रिटको जंङगल काठमाडौँ आइ पुगे । म प्रकृतिको काखमा रमाउने मान्छे केही समय त कंक्रिटको जंङगलमा घुलमिल हुन् पनि कठिन भयो । बिस्तारै सहरका गल्ली र भिडभाड सँग परिचित हुन थाले ।

New Choharwa, Siraha
New Choharwa, Siraha

काठमाडौँको एक विद्यालयमा भर्ना भएर पढ्न थालेपछि मलाई थाहा भयो नेपाल त व्ययक रहेछ । यही व्यापकता मैले त्यहाँ मेरा तामाङ, गुरुङ, मगर, राइ, लिम्बू , नेवार, ठाकुर, यादव, झा जातका आदि साथीहरू पाए । त्यहाँका हामी कोही शरदको दशैँ मनाउँथ्यो । तर कोही भने अर्कै समय र अर्कै दिनलाई दशैँ मनाउँथेँ । कोही बुद्ध पूर्णिमाका कुरा गर्थे, कोही क्रिसमसका गीत गाउँथेँ । कोही लोसारलाई मूल चाडका रुपमा मनाएका कुरा गर्थे, कोही छठ पर्वका कुरा गर्थे त्यसपछि म सिंगो नेपाल चिन्न सक्ने भए । सबै समुदायको सु–संस्कृतिको बारेमा बुझे ।

संस्कृति मानिसको सामूहिक जीवन शैली हो । संस्कृतिले कुनै राष्ट्रिय, जाति वा समुदायको सामाजिक जीवन, आर्थिक व्यवस्था, राजनीतिक, चालचलन, खानपिन, पहिरन, रहन सहन आदि अनेक कुरालाई जनाउँछ । त्यस्तै भाषा, साहित्य, धर्म, कला, दर्शन, चाड पर्व, परम्परा आदिको नाम नै संस्कृति हो ।

कुनै समयको समाजले त्यति बेलाको सामाजिक आवश्यकता लागि बनाएको आचार, व्यवहार वा क्रियाकलापले नियन्त्रता पाएपछि त्यो संस्कृति बन्दछ । संस्कृति कुनै पनि राष्ट्र जाति वा समुदायलाई चिनाउने मुख्य आधार हो । व्यक्तिगत रुपमा त्यो एउटा समुदाय वा राष्ट्रको अंगको रुपमा रहेको हुन्छ ।

संस्कृति आचार सहिंता पनि हो । संस्क्रितिरुपी आचार सहिंता पालन गराउनका निमित्त धर्मलाई संस्कृति सँग एकाकार गरिन्थ्यो ।आजको समाज वैज्ञानिक चिन्तनतर्फ उन्मुख हुँदै गइरहेको छ । अब विज्ञानका सापेक्षतामा मानिसका आवश्यकता, खुसी, सुख र मनोरञ्जनका रुपमा संस्कृतिलाई ग्रहण गरिन्छ । त्यस्तै खानपिन, मेला उत्सव, जीवन संस्कार, चाडपर्व, बोलिचाली आदि पनि हावापानी अनुसार फरक हुन्छन्।

मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो । गरिब वा धनी हुनु के हो र किन मानिस गरिब वा धनी हुन्छ ? वास्तवमा मानिस जन्मदा जुन शरीर लिएर आउँछ त्यो प्रकृतिक रहेछ । जन्मेपछि मानिस विविध कारणले धनी वा गरिब हुँदो रहेछ र त्यही आधारमा हामी एक थरीलाई सभ्य र बौद्धिक भन्दा रहेछौ । हामी मानिस नै अर्का थरि मानिसलाई अ सभ्य र मूर्ख भन्दा रहेछौ । यस्तो भन्नु गलत संस्कृति हो भन्ने कुरा मैले बुझे र समाजमा धनी र गरिबको भेद गर्ने संस्कृति खराब हो भन्ने कुरा बोध गरे । श्रमिक वर्गको आफ्नो संस्कृति हुँदै रहेछ । त्यस्तो संस्कृति श्रममा नै फल्ने, फुल्ने र फर्कने रहेछ।

सिजन फैसनको 

हाम्रो समाजमा एउटा भनाइ प्रसिद्ध छ– साउने संक्रान्तिले ठूला चाडबाड आएको संकेत गर्छ र माघे संक्रान्तिले सकिएको संकेत गर्छ। यस अर्थमा हामी यो वर्षका ठूला चाडबाड मनाउन थालिसकेका छौँ जुन क्रम अबका पाँच महिनासम्म चल्छ। साउने संक्रान्तिदेखि गाईजात्रासम्मका चाड हामीले यो वर्ष मनाइसकेका छौं भने तीजदेखि छठसम्म मनाउन पैसा र सामानको जोहो गर्न थालिसकेका छौं।

कंक्रिटको जंङगल काठमाडौँको एक महत्वपूर्ण चाड तीज हो । महिलाको महान् पर्व हरितालिका तीजको आगमन भइसकेको छ । यतिबेला तीजका लागि गरगहना किन्ने कस्मेटिक र कपडा पसलहरू भिडभाड देखिन थालेको छन् । महिलाहरू गहना, नयाँ पोते–चुरा, कपडा, सौभाग्यका सामानहरू किन्न व्यस्त देखिन्छन् । दर खाने र खुवाउने चहलपहल बढिरहेको छ । तीजको आगमनसँगै महिला दिदीबहिनीहरू सबै उत्साहित देखिन्छन् ।

तीज पर्व हरेक वर्ष भाद्र शुक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तीजको दिन भन्दा एक दिन अगाडि खाना खाने दिनलाई दर खाने दिन भन्निछ । दर खाने दिनसँगै तीजको आगमन हुन्छ । यस दिनमा घरका सबै विवाहित अविवाहित छोरीचेलीहरू एकै ठाउँमा जम्मा भई दर खाने चलन छ। यो दर खाने चलन मध्यरातसम्म नै हुन्छ ।

हुन त अहिले दर खाने र नाँचगान गर्ने कार्यक्रम महिनौ दिनअघिदेखि नै सुरु हुन्छ । कतिले यसलाई देखावटी भन्ने गरेका छन् भने कतिले रमाइलो गर्ने र आआफ्नो घरमा बोलाएर सत्कार गर्ने रूपमा लिएका छन्।

हरेक समाजमा सबैजसो चाडबाडले देवता र मानिसको सम्बन्ध नवीकरणको काम गर्छन्। तर केही वर्षदेखि हामीले त्यसलाई महँगा र नयाँ लुगा लगाउने, तास खेल्ने, रक्सी खाने चाडका रूपमा परिवर्तन गरिरहेका छौँ। यसको मुख्य कारण अध्ययनको कमी र सहरी क्षेत्रमा बढेको आम्दानी र देखासिकी गर्ने होडबाजी हो।

तीज बुवा, आमा, दाजुभाइ अथवा माइतीसँग जोडिएको थियो । अब त्यो स्थिति रहेन । कामको खोजीमा छोरीहरू गाउँबाट सहर जान थालेका छन् । परिवेशजन्य तथा बाध्यात्मक अवस्थाबाट सृजित पारिवारिक नाता सम्बन्धमा अहिले परिवर्तन आएको छ । माइती टाढा छ । चाडपर्व मनाउनकै लागि छोरीहरू चाहेर पनि अब माइती जान पाउँदैनन् । यसले बिस्तारै तीजलाई साथीभाइ, सहकर्मी, छिमेकीसँग मनाउने बनाइदिएको छ । तीज पारिवारिक नाताबाट बिस्तारै बाहिर निस्किन थालेको छ । हिजो माइती नै गएर मनाउनुपर्छ भन्ने तीन अब अफिसमा मनाउन थालिएको छ ।

काठमाडौँमा आहिले आधुनिकी कारण हुदै दर खाने र नाँच गान गर्ने कार्यक्रम महिनौ आगाडी नै सुरु हुन्छ । सांस्कृतिक र पारिवारिक तीज वर्गीय चिन्तनअनुसार व्याख्या हुन थालेको छ । धनीको तीज र गरिबको तीज भनेर छुटिन थालेको छ । धनीको तीज महँगा उपहार र सुन चाँदीले भरिन थालेको छ । उनीहरू तीज पार्टी प्यालेसमा मनाउन थालेका छन् । धनीको तीजले गरिबको तीजलाई पीडा दिन थालेको छ । तर, तीज धन सम्पत्तिसँग मात्र नभएर मौलिकता, मर्यादा, सम्मान र सम्बन्धसँग जोडिएको चाड हो । यसलाई वर्गीय चिन्तनबाट माथि उठाउनुपर्छ ।

तीजको उपहार आतंक 

तीजमा आजभोलि उपहार दिने चलन छ । आर्थिक रूपले विपन्नहरूका लागि योभन्दा ठूलो सकस के होला ? किनभने, उपहार दिन नसक्नेहरूले तीज नै नमनाउन नपाउने भए । सन्चो नभएको बहानाले सहभागिता नै नजनाउने भए । तीजको आतंक आजभोलि उपहार आतंकसँग जोडिएको छ । धनीहरूले आइफोन, महँगा, गहना उपहार किनिदिने चलन छ । यसले तीजलाई तीज बन्न दिँदैन । उपहार किन्ने नाममा कतिको खुसी खोसिएको छ त्यो विचार गरौँ । आफूले राम्रो नलगाई अरूलाई राम्रो उपहार किनिदिनुपर्ने प्रेसर बढेको छ । यो उपहार आतंक बन्द गरौँ । तीज रमाएर, गाएर, नाचेर मनाऔँ ।

केही वर्ष यतादेखि तीजले विकृति निम्तायो भन्नेहरू धेरै छन्। बढी आडम्बर देखाउनेलगायतका नकारात्मक पक्षलाई लिएर यस पर्वमाथि टीकाटिप्पणी गरेको पनि पाइन्छ। व्रत लिएर लोग्नेको खुट्टाको पानी खाएर के नै हुन्छ? यो प्रथाले महिलालाई निचा देखाउने काम गरेको छ भन्नेहरू पनि धेरै छन् भने पर्वले कसैको कुभलो चाहँदैन, पर्वले कसैलाई हानी गर्दैन भन्नेहरू पनि छन्। बरु यस्ता परम्पराले त समाजलाई ऊर्जा थपेको छ। यस्तै रीतिथितिले नै समाजमा आत्मीयता गाँसेको छ। संस्कार र परम्परा समाजलाई बाँध्ने कडी पनि हो ।

तीजलाई विशेषगरी नारी विषयक पर्व भन्न सकिन्छ । अचेल तीज पर्वमा गाइने तीज गीतमा विकृति, विसङ्गति भित्रिंदै गएको छ । मौलिक तीज गीतमा लाउने भेषभूषा लगाउन छोडिएको छ । लय तथा शब्द र नृत्यमा मौलिकता हराउँदै गएको छ । गोरस र परम्परित तीज पर्वको खाना तिरस्कृत हुँदैछ । यो संस्कृति हामी नेपालीको गौरव हो । तसर्थ तीज पर्व र तीज गीतको संरक्षण, संवर्द्धन र उत्थानमा लाग्नु हामी सबैको कर्तव्य ठानौं ।

तीजको मुख्य आकर्षण नै व्रत हो। आफ्नो स्वास्थ्यलाई असर नपर्ने गरी कोही व्रत बस्छ भने अरूको टाउको दुखाउने अधिकार कसैलाई छैन। पर्वको महत्व सबैले बुझेका छन्। आफ्नो संस्कृतिलाई जोगाउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ। धेरै महिलाले राम्रो नराम्रो कुरा बुझेका छन्। व्यक्तिगत चाहना र अधिकारमाथि हस्तक्षेप पनि गर्नु उचित होइन भन्ने लाग्छ। पहिलो कुरा त धर्मकर्म आफ्नै लागि गर्ने हो। आफ्नो संस्कृति आफै जोगाउने हो। आफ्नो रीतिरिवाजअनुसार कर्म गर्दा भावी पुस्ताले पनि अँगाल्छन्। हामीले हरेक कुरामा बुझेकाउठाउनुभन्दा पनि त्यस चिजको महत्वलाई बुझेर काम गर्ने हो भने हाम्रो परम्परा दिगो रहिरहन्छ। पुर्खाले छोडेका संस्कारलाई सन्ततिले संरक्षण नगरेर कसले गर्छ । हामीले पर्वलाई उत्साहित रूपले हेर्न जरुरी छ । यो संस्कृति हामी नेपालीको गौरव हो । तसर्थ तीज पर्व र तीज गीतको संरक्षण, संवर्द्धन र उत्थानमा लाग्नु हामी सबैको कर्तव्य ठानौं ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनौजी गाउँपालिकाले हटाएको स्वास्थ्य शाखा प्रमुख मण्डललाई अदालत गरे स्थापित 

  • २०७९ भदौ १२ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुखबाट हटाईएका कर्मचारी गौरीशँकर मण्डललाई अदालत पुनः स्थापित गर्न अन्तरिम आदेश दिएको छ ।  मण्डललाई स्वास्थ्य शाखा प्रमुखबाट हटाएर उमेर साहलाई स्वास्थ्य

पूरा पढ्नुहोस्

Bureau Menus

} }