तीजको नाममा कुरिति र कुसँस्कार नअपनाऔँः उपमेयर पाण्डे
कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जित नारायण यादव , प्रमुख प्रसासकिय अधिकृत लखन देव यादव , स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।

२०७९ भदौ १० शुक्रबार, राति ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर तुल्सा पाण्डेले तीजको नाममा कुसँस्कार र कुरिति एवम् विकृति नगर्न बताएकी छन् ।
गणेशमान चारनाथ नगरपालिकाद्वारा आयोजित तीज पर्वको शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर पाण्डेले मिथिलाको संस्कृती र संस्कारलाई जीवन्त राख्न तीजको मूल मर्म र आस्थालाई बिर्सन नहुने बताइन् ।
मिथिला मधेश क्षेत्र सँस्कृतिमा अब्बल दर्जाको रहेपनि राज्यको उदासिनता र प्रोत्साहनको अभावमा संरक्षण हुन नसकेको बताउँदै उनले महिलाहरुको प्रेमको प्रतिक रहेको श्रीमान दीर्घायूको लागि कामना मनैदेखि गर्नुपर्ने बताइन् । उनले तीजको नाममा गरिने फजुल खर्चलाई नियन्त्रण गरी परिवारिक बचत असल नारीको कर्तव्य हुने बताइन् ।
बाहिरी संस्कृतीको प्रभाव अरु धर्म र क्षेत्रमा धेरै परेपनि मिथिला कला र संस्कृतीमा त्यसले प्रभाव जमाउन नसकेको भन्दै संस्कृती बचाउने महिलाहरुको धन्यवाद दिइन्।
तिजको अवसरमा महिलाहरूले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्यचारविरुद्ध गीतका माध्यमबाट विद्रोह गर्दै आएको थपिन् ।
नेपाली कांग्रेस पार्टीका नेतृ सबित्रा भट्टराईले तीज पर्व आत्मीयता र सद्भावको पर्व रहेको भन्दै निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गरिन् ।
कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जित नारायण यादव , प्रमुख प्रसासकिय अधिकृत लखन देव यादव , स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…