धनुषाधामका मेयर बालेश्वर मण्डलको पहलमा धनुषाधाम क्षेत्र कालोपत्रे (पीच) हुँदै
धनुषाधाम बजार एरिया धुलोमय हुँदा स्थानीय व्यापारी देखि पर्यटकिय क्षेत्र हुँदा निकै कठिन भैइरहेकोले विभिन्न आलोचना हुन थालेपछि गत असार ६ गते मेयर मण्डलसहितको टोलीले ध्यानाकर्षण गराएको थियो ।

२०७९ भदौ ७ मंगलबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २० किलो मिटर दुरिमा एतहासिक एवं पावन नगरी धनुषाधाम नगरपालिकाको सदरमुकाम धनुषाधाम बजार एरियाभरी कालो पत्रे बन्ने भएको छ ।
सडक विभाग कार्यालयमा मेयर बालेश्वर मण्डलको पहलमा केही दिन अगाडी ज्ञापनपत्र लिएर उनकै नेतृत्वमा जनप्रतिनिधिहरु पुगेका थिए ।
सडक बोर्डले धनुषाधाम बजारसम्म एरिया लागि ५ करोड रकम विनियोजन गरिएको छ । यो बजेटले धनुषाधाम पर्यटकीय क्षेत्रभित्र कालोपत्रे हुने भएको छ ।
धनुषाधाम नगरपालिका मेयर मण्डलले ज्ञापनपत्र सहित निरन्तर पहल गरेपछि सो रकम यसपटक विनियोजन गरिएको सडक विभाग कार्यालयका प्रमुख संजय मिश्रले जानकारी दिए ।
धनुषाधाम बजार एरिया धुलोमय हुँदा स्थानीय व्यापारी देखि पर्यटकिय क्षेत्र हुँदा निकै कठिन भैइरहेकोले विभिन्न आलोचना हुन थालेपछि गत असार ६ गते मेयर मण्डलसहितको टोलीले ध्यानाकर्षण गराएको थियो ।
नगरपालिकाले गर्न सक्ने काम नरहेकोले सम्बन्धित निकाय सडक विभाग अन्तरगत रहेकोले सडक विभागसंग पहलगरि नापी गरि समेत लगिएको छ ।
यथाशीघ्र कालोपत्रे सदरमुकाम एरिया हुने मेयर बालेश्वर मण्डलले न्युज ब्युरोकर्मी बिनय कुमार यादवलाई जानकारी दिए ।
धनुषाधाम नगरपालिकाको मुख्य केन्द्र बिन्दु धनुषाधाम रहिआएकोले धनुषाधाममा विकास कालोपत्रे नभएकोले स्थानीयहरु एकदमै मार्कामा पर्दै आएको थियो । अब यो कालो पिच बन्ने भएपछी स्थानीयहरुमा उत्साह छाएको छ ।
धनुषाधाम जनकपुरधाम तीर्थक्षेत्रसँग जोडिएको धार्मिक स्थल हो । यहाँ प्रत्येक बर्ष माघ महिनाभरि नै एक महिनासम्म मेला लाग्ने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…