न्यूज ब्यूरो ||
जनकपुरधाम, २ बैशाख । तराईमा गर्मी शुरू हुन साथ आगलगीका घटनाहरु सुरु भएको छ ।

आज मात्रै रौतहटको दुई स्थानमा आगलगीले लाखौंको समानहरु सहित परालको होटल खरानी बनेको छ।
रौतहटको गौर नगरपालिका स्थित वडा नंबर १ रामजानकी धर्मशालाको उत्तरपट्टी रहेको होटल आगलगी भएको छ भने गढिमाई नगरपालिका–४ स्थित एक खाडसारी उधोगमा आगलागि भएको छ ।
गौरमा होटल ब्यबसाय गर्दै आएका राजिन्द्र दास, सुधा देबी, सन्तलाल जैयसवाल, र आकाश महतोको होटलमा आगलागी भएको छ ।

आगलागी बाट उनीहरुको होटलको सबै सम्पति नष्ट भएको छ भने घर समेत खरानी भएको स्थानीय स्थानियहरुले जनाएका छन।आगलागि पछि गौर नगरपालिकाका दमकल गाडी गढीमाई नगरपालिकामा गएको कारणले स्थानीय, प्रहरी प्रशासनको प्रयासमा आगो नियन्त्रणमा आउन सकेनन् ।
उता गढिमाई नगरपालिका–४ स्थित कृष्णनन्दन साहको खाडसारीमा आगलागि भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । गौरको होटलमा आगलगी भई खरानी भएपछि गौरको बरुणयन्त्र गढीमाई नगरपालिकाबाट आई सो आगलागी नियन्त्रणमा लिएको स्थानियले जनाइएको छ ।

आगलागीका घटना बढ्न थालेपछि सबै स्थानयितहका जनप्रतिनिधिहरुले धुपबत्ती बाल्दा, चुरोट सल्काउँदा, विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी अपनाउन आग्रह गरेका छन। पानी तान्ने मोटर सर्ट भएर, ग्यास लिक भएर पनि आगलागीका घटना हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जंगल जाने व्यक्तिले जानेर वा अन्जानमा आगो लगाउँदा जङ्गलनजिकै रहेको बस्ती सखाप हुने गरेको छ । रौतहटको चन्द्रपुर र गौर नगरपालिका संग मात्रै बरुणयन्त्र रहेको छ । अन्य स्थानीयतहले बरुणयन्त्र अहिले सम्म खरिद गरेका छैन् । जनताको जीबिकोपार्जन र सम्पतिको रक्षार्थ स्थानीयतहले ठोस कार्य गर्न नसकेको स्थानियहरुले गुनासो गरेका छन ।
आगलागी हुन नदिन जनचेतनाको कार्यक्रम गरिदै आएपनि प्रभाबकारी हुन सकेको छैन भने गौरको तीन ओटै होटलमा आगो लाग्दा घर सहित लगभग १० लाख बराबरको खरानी बनेको पिडितहरुले जनाएका छन।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…