पर्व तिहार सुरु भएसँगै मधेशमा जताततै अश्लिल ओरकेष्ट्रा , प्रहरी नै मिलाउँछन सेटिँग
विभिन्न ठाउँमा प्रहरी आफैँ पनि केटी नाचजको स्टेजमा उपस्थिति जनाएर आरेकेष्ट्रा नचाउने गरिएको छ ।

२०७९ भदौ ४ शनिबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामसहित आसपासको क्षेत्रमा चाडपर्वको नाममा अश्लिल ओरकेष्ट्राको रुझान पुनः सुरु भएको छ ।
धनुषा र महोत्तरी जिल्लामा केटीनाच पूर्ण प्रतिबन्ध लगाएपनि प्रहरीकै सेटिँगमा दुवै जिल्लाको विभिन्न स्थानमा अश्ल्लि भनिएको ओरकेष्ट्रा सँचालन भइरहेको पाईएको छ ।
धनुषा जिल्लामा केही महिना अगाडी डिजे बाजामा कडा निगरानी गरेका धनुषा प्रहरीले प्रशासनले स्वयँम प्रतिबन्ध लगाएको आरेकेष्ट्रामाथि अझै नियन्त्रण पाउन सकेको छैनन् ।
गाउँस्तरमा आस्थाको पर्वहरुमा रक्सी सेवन गरी लहै लहैमा ल्याउने ओरकेष्ट्राले कुनै न कुनै अप्रिय घटना हुँदै आएको तथ्याँक छ । चाडपर्व सुरु भएसँगै छिमेकी मुलुक भारतको बिहार, युपी राज्यबाट केटीनाच ल्याएर नचाउने गरेको छ ।
धनुषा जिल्लाको विभिन्न स्थानमा हुने ओरकेष्ट्रा नाचको लागि स्वयमँ धनुषा प्रहरी नै निगरानी गरी नचाउने गरेको देखिएको छ । धनुषाको पूर्वी क्षेत्रको गाउँहरुमा हुने आरेकेष्टमा प्रहरी नै लाईन दिएर नाच्ने वातावरण मिलाएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले कडाई गरेपनि उनका मातहतका सिपाहीहरुले मेला समितिहरुसँग साँठगाँठ गरी ओरकेष्ट्रा नाच्न अनुमति मात्र नभई आफैँ समेत हेर्न व्यस्त रहेको देखिन्छन् ।
जिल्ला प्रशसान कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले सँयुक्त रुपमा धनुषामा डिजे र ओरकेष्ट्रा प्रतिबन्ध लगाएपनि कार्यन्वय भने गराउन सकिरहेको छैनन् ।
विभिन्न ठाउँमा प्रहरी आफैँ पनि केटी नाचजको स्टेजमा उपस्थिति जनाएर आरेकेष्ट्रा नचाउने गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…