धनुषामा पोखरीमा डुबेर एक बालकको मृत्यू
डुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ भदौ २ बिहीबार, बेलुकी ५:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित पोखरीमा डुबेर एक बालकको मृत्यू भएको छ ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ मखनपुरस्थित विहिबार दिउँसो पोखरीमा नुहाउन गएका स्थानीय भोला मण्डलको ४ बर्षिय छोरा अनिश कुमार मण्डलको मृत्यू भएको छ ।
त्यहाँस्थित रहेको मखनबाबा पोखरी कुटिस्थित पोखरीमा विहिवार दिउँसो ४ः१५ को समयमा साथीहरु संग खेल्दै पोखरीमा नुहाउन जाँदा डुबेर मृत्यू भएको वडाध्यक्ष लक्ष्मी साहले जानकारी दिए ।
डुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…