धनुषामा थप एक सँचार , महासेठद्धारा उदघाटन
न्यूज ब्यूरो || जनकपुरधाम, १ बैशाख । सँचार जगतमा धनुषामा थप एक आयाम थपिएको छ । नयाँ बर्षको सुरुवातसँगै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा दुधमति एफएमको उद्घाटन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधि सभा सदस्य रघुविर महासेठले दुधमति ए

२०७५ बैशाख १ शनिबार, दिउँसो ४:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १ बैशाख । सँचार जगतमा धनुषामा थप एक आयाम थपिएको छ ।

नयाँ बर्षको सुरुवातसँगै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा दुधमति एफएमको उद्घाटन गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधि सभा सदस्य रघुविर महासेठले दुधमति एफएम १०४ मेगाहर्जको उद्घाटन गरेका छन् ।

दुधमति मिडिया प्रा.लि.द्धारा सँचालनमा आएको उक्त एफएम धनुषा सहित आसपासका जिल्लाका सर्वसाधारणलाई सुचना तथा सँचार एवम् मनोरञ्जन प्रदान गर्ने लक्ष्य सहित उद्घाटन गरिएको हो ।
एफएमका सँचालक अनिल कुमार कुशवाहाको अध्यक्षता तथा मन्त्री महासेठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महासेठले आफू पनि यसै क्षेत्रबाट विजयी भएको भन्दै यस क्षेत्रमा थप सँचारको बल पुगेको बताए ।

अध्यक्ष कुशवाहालाई मन्त्री महासेठले प्रशँसा गर्दै सधै निष्पक्ष र सत्यतथ्य सुचना एवम् समाजिक तहमा सेट हुने खाले मनोरञ्जनात्मक कार्यक्रमहरु मात्र गर्न आग्रह गरे ।
गत एक महिना अघि देखि नै सँचालनमा आएको दुधमति एफएम रेडियो एक महिनाको परीक्षण प्रशासरण पश्चात नियमित प्रसारण समेत सुरु गरेको सँचालक कुशवाहाले भने ।
कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित भएका धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य एमालेका नेता सत्रुधन महतोले मिडिया राष्ट्रयको चौथो अँग भएको भन्दै यसलाई थप बलियो बनाउन तथा सत्य, निष्पक्ष सुचना प्रशासरण गर्न आग्रह गरे ।

समाज परिवर्तनको अहम भूमिका खेलेको मिडियालको नयाँ आयामले यहाँका जनताहरुमा समेत उत्साह र पुरापुरी सहयोग गर्ने अपेक्षा समेत राखे ।
कार्यक्रममा स्थानीय युवा, विभिन्न राजनीतिक दलका प्रतिनीधि, अधिकारकमीहरुको समेत उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…