Close This

रौतहटको अपराध न्यूनिकरण र समुदायिक हितमा अहोरात्र खट्छुः एसपी मगर

२०७९ श्रावण १८ बुधबार
बेलुकी ५:४० बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरी प्रमुखको रुपमा नयाँ एसपीको कार्यभार सम्हालेका रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगरले रौतहटको अपराध न्यूनिकरण गर्न अहोरात्र खट्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बुधबार बोल्दै प्रहरी प्रमुख मगरले संचारकर्मी संग अन्य निकाय सङ समन्वय गरि रौतहटलाई अपराधबाट सुरक्षित बनाउन सदैव तत्पर रहने बताएका हुन् ।

प्रमुख एजेन्डा सङ्घिय र प्रादेशिक निर्वाचनलाई निश्पक्ष र धान्धली रहित समपन्न गराउने सहित जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने, सिमा अपराध, चोरी तस्करी नियन्त्रण  जनता न्याय र सुरक्षा दिलाउने,विभिन्न प्राकृति प्रकोपमा सहयोगी भुमिका निर्वाह गर्ने ,मिटर ब्याजि आतंक कम गर्ने , महिला र बालबालिका माथी भएको अन्याय ,अत्याचार र अपराधमा शुन्य सहनशिलता अपनाउने र गम्भीर भएर लाग्नु नै आफ्नो प्राथमिकताको विषय लक्ष्य र उदेश्य रहेको उपरिक्षक मगरले बताएका छन् । 

लागु औसध विषयक प्रसङ्गमा बोल्दै उहाँले रौतहटमा पछिल्लो समय लागु औसध तस्करी ,दुर्ब्यसनी बढेको रेकर्ड र विभिन्न तथ्य आफुले पाईरहेकोले यस बिसयमा गम्भीर भएर लाग्ने बताए ।

उपरिक्षक मगरले आफुहरु कुनै राजनीति दल वा ब्यक्तिको प्रभाव र दबाबमा नपरी कानुन र संविधान बमोजिम कदम चाली रौतहटलाई अपराध र अपराधी मुक्त बनाउने  अभियानलाई द्रुत गतिमा अघि बढाउने समेत प्रतिबद्धता जाहेर गरे । 

उपरिक्षक मगरले भने(अहिले बढी नबोलौ ,काम गरेर देखाउनु छ,जनताको मन सबै मिलेर जित्नु छ त्यसैले यस अभियानमा रौतहटको राजनीति दल ,नागरिक समाजका अगुवा सामाजिक अभियनता ,व्यापारी,उधोगि ,बुद्धिजीवी ,सामाजिक संघ संस्थाका प्रतिनिधि  लगायत जिम्मेवार सबै पक्षले प्रहरी सङ्ग सहकार्य गरि  सहयोग गर्नु पर्नेमा आफ्नो जोड रहेको खुलाए।

प्रहरी उपरिक्षक मगरले आफू आएको ३ दिनको छोटो अबधिमा धेरै जना सङ्ग भेटघाट भएको ,धेरै कुराको पृष्ठपोसन प्राप्त भएकोले सल्लाह (सुझाव सङ्कलन गर्दै सबै विषयमा सकारात्मक कदम चाल्ने बताएका थिए।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक सुनिल मल्ल उपस्थिति समेत रहेको थियो।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरोको प्रभावः जन्मदिनमा श्रीमतिलाई नोकरी उपहार दिने प्रअमाथि छानबिन सुरु

  • २०७९ श्रावण १८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको एक सरकारी विद्यालयमा हेडमास्टरले श्रीमतिको जन्मदिनमा नोकरी उपहार दिएको समाचार प्रभावले अख्तियार छानबिन सुरु गरेको छ ।  मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित देखि केही दुरीमा रहेको

पूरा पढ्नुहोस्

Bureau Menus