लहानमा राजा सलहेश नामक पुस्तक प्रदेश प्रमुख कायस्त द्वारा बिमोचन
न्यूज ब्यूरो, सिरहा, ३० चैत्र । सिरहाको लहानमा एक कार्यक्रमका बिच हिजो मिथिलाक सपुत राजा सल्हेश नामक पुस्तकको बिमोचन गरिएको छ । राम भरोस कापडि भ्रमरद्धारा लिखित सो पुस्तको प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बिमोचन गर्नुभएको छ । कार्यक्रममा राजा सल्हेशको ईतिहास रहेपनि हाल गौण अवस्थामा रहेको

२०७४ चैत ३० शुक्रबार, दिउँसो ४:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा, ३० चैत्र । सिरहाको लहानमा एक कार्यक्रमका बिच हिजो मिथिलाक सपुत राजा सल्हेश नामक पुस्तकको बिमोचन गरिएको छ । राम भरोस कापडि भ्रमरद्धारा लिखित सो पुस्तको प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बिमोचन गर्नुभएको छ ।
कार्यक्रममा राजा सल्हेशको ईतिहास रहेपनि हाल गौण अवस्थामा रहेकोले त्यस्ता ईतिहास र ऐतिहासिक वस्तु तथा स्थानहरुको सँरक्षण हुनुपर्नेमा प्रदेश प्रमुख कायस्थले जोड दिनुभएको छ । बिमोचन गरिएको पुस्तकको बिषयमा मित्र राष्ट्र भारतबाट अतिथिका रुपमा आउनुभएका चन्द्रेश, डा. महेन्द्र नारायण राम, डा. बुचरु पासवान लगायतले बिश्लेषण गर्नु भएको थियो । भोरको आयोजनामा आयोजित सो बिमोचन कार्यक्रममा प्रदेश नंं २ का प्रदेश सभाका साँसद शैलेन्द्र कुमार यादव, लहान उप महानगरपालिकाका उपमेयर सरियार चौधरी, पत्रकार महासँघका अध्यक्ष, भोरका अध्यक्ष राज कुमार महतो सहितको उपस्थिती रहेको थियो ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममो अध्यक्षता राम भरोस कापडि भ्रमरले गर्नुभएको थियो । त्यही कार्यक्रममा सल्हेश नामक फिल्म पनि छिटटै निर्माणका क्रममा रहेको जानकारी भोरका अध्यक्षले गराएका थिए । कार्यक्रम पश्चात प्रदेश प्रमुख कायस्थ सल्हेश स्थानमा बर्षमा एक पटक मात्र फुल्ने फूलको अवलोकन तथा दर्शनका लागि पुग्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…