मौलापुरको सिको प्रदेश सरकारले गर्नुमा नगर बासिको सम्मान बढेको छ : पूर्व मन्त्री प्रभु साह
न्यूज ब्यूरो, रौतहट। मौलापुरको सिको मधेस प्रदेश सरकारले गरिरहँदा नगर बासिको सम्मान बढेको एमालेको स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साहले बताएका छन । मौलापुर नगरपालिका १ मर्यादपुर स्थित माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन पश्चात् आयोजित कार्यक्रममा प्रमुख अतिथि नेता साहले उक्त कुरा

२०७९ असार १९ आइतबार, राति ९:२८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट। मौलापुरको सिको मधेस प्रदेश सरकारले गरिरहँदा नगर बासिको सम्मान बढेको एमालेको स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साहले बताएका छन ।
मौलापुर नगरपालिका १ मर्यादपुर स्थित माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन पश्चात् आयोजित कार्यक्रममा प्रमुख अतिथि नेता साहले उक्त कुरा बताएका हुन । आफूले दिएको सल्लाह अनुसार मौलापुर नगरप्रमुख रिना कुमारी साहले २०७५ सालदेखि छात्राहरूलाई साइकल बितरण सुरु गरेको थियो । लगत्तै मधेस प्रदेश सरकारले पनि छात्रालाई साइकल बितरण कार्यक्रम लागू गर्यो ।
गत वर्ष मौलापुर नगर प्रमुख रिना साहले उच्च शिक्षा पढ्ने जेहनदार छात्रालाई ल्यापटप बितरण सुरु गरिन यसपटक प्रदेश सरकारले पनि ल्यापटप वितरणको योजना ल्याएको छ। यसरी मौलापुरले सुरु गरेको कामको सिको गरेर प्रदेश सरकारले पनि सोही योजना ल्याउँदा यसले पुरै नगर बासिको सम्मान बढेको पूर्व मन्त्री समेत रहेका प्रभु साहले बिचार राखेका छन । उनले नगर क्षेत्र भित्र रहेका शैक्षिक संस्थाले सफल विद्यार्थी, दक्ष जनशक्ति उत्पादन गरी मौलापुर नगरपालिकाको नाम देश विदेशमा चिनाउने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन्। नव निर्मित विद्यालय भवनमा सञ्चालन हुने शैक्षिक गतिविधिले मर्यादपुरका विद्यार्थीहरूको भविष्य उज्वल हुने विश्वास रहेको उहाँले व्यक्त गरेका छन ।
मौलापुर नगर क्षेत्रका विद्यालयहरूमा अहिले पनि भवन, शैक्षिक सामाग्री लगायतको अभाव रहेको र त्यसलाई क्रमिक रुपमा सुधार गर्दै अगाडि बढ्नु पर्नेमा उहाँको जोड रहेको छ । शैक्षिक क्षेत्रको सुधारको लागी जसरी मौलापुर नगरपालिकाले ध्यान दिइरहेको छ त्यसरी नै यहाँका अभिभावक समेतले पनि आ आफ्नो जिम्मेवारी निभाउनु पर्ने उनको भनाई रहेको छ।
मौलापुर नगरपालिकाले ९५ लाख रुपैयाँमा १ बिगहा ३ कट्ठा जग्गा खरिद खरिद गरेको छ। सोही जग्गामा ३ करोड ३ लाख १८ हजारको लागतमा दुई तले मुख्य भवन र १ करोड ८५ लाख ८९ हजारको लागतमा एकतले एनेक्स भवन निर्माण भएको मेयर रिना कुमारी साहले बताइन । कम्पाउण्ड वाल सहित विद्यालय सञ्चालनमा ल्याउँदा सम्म नगरपालिकाको कुल ६ करोड ४४ लाख ७ हजारको लागत भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन ।
यस आर्थिक वर्षमा मौलापुर नगरपालिकाले प्रदेशमै शिक्षामा सबभन्दा बढी बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७९ । ०८० को लागि शिक्षातर्फलाई नगरपालिकाको कुल बजेटको ४०/५८ प्रतिशत अर्थात १४ करोड ६० लाख रुपैयाँ छुट्याएको अधिकृत साहले बताएका छन ।
मौलापुरमा २०७४ साल अघि माध्यामिक विद्यालय सोनरनिया र माध्यामिक विद्यालय पथरा बुधराम मात्र सञ्चालनमा रहेको थियो । मौलापुरमा पहिलोपटक मेयर पदमा रिना कुमारी साह निर्वाचित हुँदा ३ वटा नयाँ माध्यमिक विद्यालय थपिएको छ। हाल माध्यमिक मर्यादपुर, जवाहर मा. बि, मा. बि. गमहरिया, मा.बि सोनरनिया र मा.बि पथरा बुधराम गरि ५ वटा माद्यामिक विद्यालय संचालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन ।
संघीय सरकारले शुल्क लिने ब्यवस्था गरेपनि नगरपालिकाले प्राविधिक शिक्षाको निशुल्क ब्यवस्था गरेको छ। बहु प्राविधिक शिक्षालयमा जियोमेटिक्स इन्जिनियरिंग तथा शिविल ईन्जिनियरिंग पढाईको लागि नगर भित्रका विद्यार्थी लाई निशुल्क अध्ययनको ब्यवस्था रहेकोे प्रमुख साहले बताए ।
संघीय सरकारले शिक्षा तर्फ कुल बजेटको मात्र ८ प्रतिशत छुट्याउने स्थानीय तहलाई निर्देशन दिएको छ । तर पूर्व मन्त्री प्रभु साहको सल्लाह अनुसार मेयर रिना कुमारी साहले बजेटको झन्डै ४१ प्रतिशत रकम शिक्षा तर्फ छुट्याएको छ । नगरक्षेत्रका बिधालयहरुमा नगरपालिकाले निजि स्रोतमा ४० जना शिक्षक शिक्षिका भर्ना गरेको छ। सबै बिधालयमा भौतिक पुर्वाधार निर्माण देखि सम्पुर्ण परिक्षा निसुल्क गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले सार्वजनिक गरेका थिए ।
उद्घाटन कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा,मेयर रिना साह, एमाले प्रदेश कमिटी सदस्य मनोज यादव,त्रिभुवन साह,नगरशिक्षा संयोजक चन्देश्वर साह,बिधालयका प्रधानाध्यापक रामश्रेष्ठ यादव लगायतकाले मौलापुर नगरपालिकाले प्रदेशमै सबै पालिका भन्दा बढी रकम शिक्षा तर्फ छुट्याएको भन्दै सराहना गरेका थिए ।उक्त अवसरमा मौलापुरका उपमेयर नागेन्द्र यादव, मेयर प्रत्याशी बिजय यादव,पुर्व उपमेयर कान्ति देवि,योगेन्द्र साह,लगायतको सहभागिता थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…