चट्याङले ८० वटा भेडा मरे
न्यूज ब्यूरो, काठमाडौँ | जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् । ३ सय भेडा हराएका छन् । . शुक्रबार बेलुकी ३ बजेतिर बागजालेमा परेको चट्याङले पातारासी गाउँपालिका ४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका परेका हुन् । अ

२०७९ असार १८ शनिबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ | जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् । ३ सय भेडा हराएका छन् । .
शुक्रबार बेलुकी ३ बजेतिर बागजालेमा परेको चट्याङले पातारासी गाउँपालिका ४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका परेका हुन् ।
अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए ।
प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, रामबहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाका भेडा मरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…