वीरगञ्जको माईधिया पोखरी नजिकै पहिचान नखुलेको व्यक्तिको शव भेटियो
न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा पहिचान खुल्न नसकेको एक व्यक्तिको शव भेटिएको छ । वीरगञ्ज–१६ स्थित माईधिया पोखरी नजिकै अन्दाजी ५४/५५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् । साँझ ५ बजे प्रहरीलाई एक व्यक्ति मृत अवस्थामा छ भन्ने खबर आएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नेतृत

२०७९ असार ८ बुधबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा पहिचान खुल्न नसकेको एक व्यक्तिको शव भेटिएको छ । वीरगञ्ज–१६ स्थित माईधिया पोखरी नजिकै अन्दाजी ५४/५५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् ।
साँझ ५ बजे प्रहरीलाई एक व्यक्ति मृत अवस्थामा छ भन्ने खबर आएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल जाँच मुचुल्का तयार गरेपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनी कवाडी टिप्दै हिड्ने व्यक्ति भएको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…