मधेसी आयोगका अध्यक्षद्वारा नेपाल-भारत सीमाको निरीक्षण
न्यूज ब्यूरो, काठमाडौँ | मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुर स्थित नेपाल-भारत सीमाको निरीक्षण गरेका छन् ।अध्यक्ष डा.दत्तले त्यहाँका स्थानीय बासिन्दाहरूसँग त्यहाँ रहेका समस्याहरूको बारेमा समेत जानकारी लिएका छन् । निरीक्षणको क्रममा अध्यक्ष डा.द

२०७९ असार ४ शनिबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ | मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुर स्थित नेपाल-भारत सीमाको निरीक्षण गरेका छन् ।अध्यक्ष डा.दत्तले त्यहाँका स्थानीय बासिन्दाहरूसँग त्यहाँ रहेका समस्याहरूको बारेमा समेत जानकारी लिएका छन् ।
निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई स्थानीय बासिन्दाहरूले मलको समस्या मुख्य रहेको बताएका छन् । सो निरीक्षणमा यशोधारा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरू, सुरक्षाकर्मी लगायतले अध्यक्ष डा.दत्तलाई समग्र वस्तुस्थितिको बारेमा जानकारी गराएका छन् ।
अध्यक्ष डा.दत्तले सीमामा जनतालाई समस्या हुन नदिन तथा गलत क्रियाकलापमा रोक लगाउन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए ।सो निरीक्षणमा आयोगको सदस्य विजय गुप्ताको पनि उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…