जिल्लामै गणेशमान चारनाथ नगरपालिकामा पहिलो सार्वजनिक जिमखाना सँचालनमा
उपप्रमुख तुलसा पाण्डे पटेल जिम हल भित्र रहेका विभिन्न ब्याम मेशिनहरु चलाई स्थानीय बासिन्दाहरु सहि सदुपयोग गर्न आग्रह समेत गरे अझै मेशिनहरु बिस्तारै व्यवस्थापन गर्न आग्रह गरिन् ।

२०७९ असार १ बुधबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका नव निर्वाचित मेयर उपमेयरद्वारा जिम सेन्टर उद्घाटन गरिएको छ ।
गणेशमान चारनाथ नगरपालिका वाडा नम्बर ६ मा जिम हल उद्घाटन गरिएको छ ।
सो उद्घाटन गर्दै मेयर जितनारायाण यादवले अहिले शारीरिक व्याम गर्नु पर्ने आवश्यक रहेकोले जिम हल उद्घाटन गरिएको बताए। उनले स्थानीय बासिन्दामा ठूलो लाभ हुने बताए ।
सो जिम सेन्टर बनाउन वडा नं ६ बाट १० लाख र नगरबाट ५ लाख गरि करिब १५ लाख लागतमा जिम हल निर्माण गरिएको छ । सो हलमा कम्तिमा ५० जनाले एकै पटकमा शारीरिक व्याम गर्न सक्ने क्षमता रहेको छ ।

उपप्रमुख तुलसा पाण्डे पटेल जिम हल भित्र रहेका विभिन्न ब्याम मेशिनहरु चलाई स्थानीय बासिन्दाहरु सहि सदुपयोग गर्न आग्रह समेत गरे अझै मेशिनहरु बिस्तारै व्यवस्थापन गर्न आग्रह गरिन् ।
नगरभरिमा विभिन्न कार्यहरु लाई प्राथमिकतामा राखी काम गर्ने मेयर यादवले बताए ।
सोअ कार्यक्रममा वडा नं ५,६,७,८ का अध्यक्ष तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…