रौतहटको गरुडामा एकिकृतको समराज्यमा एमालेको जीत
उहाँले गरुडा नगरबासिको चाहना अनुसार नगरको चौतर्फी बिकासमा अहोरात्र खट्ने बताएका छन् ।

२०७९ जेठ १२ बिहीबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिकाको मेयर पदमा कन्थमुणी प्रसाद कलवारले बाजी मार्न सफल भएका छन् ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका कलवार संगै नेकपा एसका उम्मेदवार वृजकिशोर यादव विच कडा प्रतिष्पर्धा भएको थियो।
कन्थमुणीले नेकपा एसका उम्मेदवार बृजकिशोर यादवलाई ३८ मतको झिनो अन्तरबाट परास्त गर्दै गरुडा नगरपालिकाको मेयर बन्ने सपनालाई साकार गरेका हुन।
कन्थमुणीको पक्षमा ४५६४ मत प्राप्त भए भने नेकपा एसका उम्मेदवार बृजकिशोर यादवको पक्षमा ४५२६ मत र नेपाली काँग्रेसका उम्मेदवार सुनिलकुमार यादवको पक्षमा ४४९८ मत प्राप्त भएका थिए ।
त्रिकोणात्मक प्रतिपर्धामा वृजकिशोरलाई ३८ मतबाट पराजित गर्दै मेयर बन्न सफल भएका कन्थमुणीले गरुडा नगरवासीहरु प्रति आभार व्यक्त र धन्यवाद दिएका छन् ।
उहाँले गरुडा नगरबासिको चाहना अनुसार नगरको चौतर्फी बिकासमा अहोरात्र खट्ने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…