मटिहानीमा बोरामा कोचेर फालिएको अवस्थामा लास भेटियो
राजनिश झा || जनकपुरधाम, २१ चैत्त । महोत्तरीमा बोरामा कोचेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । मटिहानी नगरपालिका वडा नं. ४ मझौरा स्थित मुख्य सडक छेउमा मंगलबार राती शव फालिएको खबर पाएपछि बुधवार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान टोली घटना स्थल पुगेर शवको मुचुल्का उठाएको छ । म

२०७४ चैत २१ बुधबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

राजनिश झा ||
जनकपुरधाम, २१ चैत्त ।
महोत्तरीमा बोरामा कोचेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
मटिहानी नगरपालिका वडा नं. ४ मझौरा स्थित मुख्य सडक छेउमा मंगलबार राती शव फालिएको खबर पाएपछि बुधवार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान टोली घटना स्थल पुगेर शवको मुचुल्का उठाएको छ ।
मृतक महिला मटिहानी नगरपालिका वडा नं। ४ वरदाहाकी २५ वर्षीया पुनम देवी तत्मा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतकका श्रीमान् शिवशंकर दास गत १६ गते मात्र वैदेशिक रोजगारीबाट फर्केका थिए ।
१८ गते राती देखि नै छोरी हराएको भन्दै माइती पक्षले प्रहरीमा खोजविन गरि पाउँ भनि मौखिक र लिखित उजुरी समेत दिएपछि प्रहरी खोजविनमा लागेको थियो ।
यता मृतकको घर पक्षबाट देवर फुलेन्द्र दास तत्माले समेत भाउजु गरगहना र पैसा लिएर घरबाट हराएको भनेर प्रहरीलाई जानकारी गराएको प्रहरीको भनाई छ ।
मृतक महिलाको ४ र ३ वर्षको दुई छोरी छन् । आमाको शव भेटिएसँगै बुवा तथा परिवारका अन्य सदस्यहरु फरार भएपछि दुई छोरी छिमेकीको हेरविचारमा रहेका छन् ।
हत्या कसरी र कसले गर्यो सो अनुसन्धान र पोष्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…