मधेश प्रदेशः दुई पक्षबीच झडप, दुई जना अस्पताल भर्ना
उनिहरू बिच जग्गाको विषयलाई लिएर विवाद भएको र विवाद पछि झडपको स्थिति सृजना भएको प्रहरीले जनाएको छ।

२०७९ बैशाख २९ बिहीबार, दिउँसो १२:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित दुई पक्षबीच झडप हुँदा पाँच जना घाईते भएका छन् ।
महोत्तरीको औरहीमा दुईपक्ष विच झडप हुदा ५ जना घाईत भएका छन्। घाईते मध्ये २ जना को अवस्था गम्भीर र ३ जना समान्य घाईते भएका छन् ।
औहरी नगरपालिका वडा नम्बर २ बस्ने चन्देश्वर साह र राम जिवन यादवको पक्ष बिच भएको झडपमा परि चन्देश्वर साहकी श्रीमती ६५ वर्षिया राजकुमारी देवी साह र उनका छोरा ३५ वर्षिय रामसिकिल साह गम्भीर घाइते भएका छन् भने ५५ वर्षिय राम जिवन यदव, उनका भाई ५० वर्षिय रामचन्द्र यादव र २१ वर्षिय बिजय कुमार यादव सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
सो झडपमा घाइते भएका राजकुमारी साह र उनका छोरा रामसिकिल साहलाई प्राथमिक उपचार पछि थप उपचारको लागि धरान लगिएको परिवार श्रोतले जनाएको छ र अन्यको औरही नगरपालिका वडा नम्बर १ मा रहेको राधा कृष्ण क्लिनीकमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
उपचार पश्चात रामजिवन हाल ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक रंजन मिश्रले जानकारी दिए ।
उनिहरू बिच जग्गाको विषयलाई लिएर विवाद भएको र विवाद पछि झडपको स्थिति सृजना भएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…