कमला नगरपालिकामा पुनः चार वटा वडाको योजनाहरुको सार्वजनिक सुनुवाई सम्पन्न
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानको अध्यक्षता तथा नगर प्रमुख राम उदगार गोईतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगरपालिकाको सबै शाखाका कर्मचारीहरुको समेत उपपस्थिति रहेको थियो ।

२०७९ बैशाख २३ शुक्रबार, राति १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा शुक्रबार चार वटा वडाको लागि योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कमला नगरपालिका वडा नम्बर ५ लक्कडस्थित आयोजना गरिएको योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रमको लागि वडा नं. ५, ६, ७ र ८ को नागरिकहरुलाई सूचना दिई बोलाईएको थियो ।
यसअघि गत शनिबार पाँचवटा वडालाई एक ठाउँमा जम्मा पारी कार्यक्रम सम्पन्न गरिएको थियो भने शुक्रबार बाँकीको चार वटा वडाहरुको योजनाहरुमा सार्वजनिक सुनुवाई सम्पनन गरिएको हो ।
कमला नगरपालिकाको आयोजना तथा समाजिक सँस्था दुधमति मिडियाको समन्वयमा पाँच वटा वडाको नागरिकलाई भेला गरी योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
विभिन्न वडाबाट आएका जनप्रतिनीधि, नागरिक समाज, अगुवा, राजनीतिक दलका प्रतिनीधिहरुको रोहबरमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधिहरुसँग जनताहरुले सीधा सबाल जवाफ गरेको थियो ।
सो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण, योजनाहरुको सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको प्रत्यक्ष प्रसारण जनकपुरधामस्थित जानकी टेलिभिजन एचडीबाट समेत गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानको अध्यक्षता तथा नगर प्रमुख राम उदगार गोईतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगरपालिकाको सबै शाखाका कर्मचारीहरुको समेत उपपस्थिति रहेको थियो ।
सयौँको सँख्यामा विभिन्न वडाबाट आएका नागरिकहरुले आफ्नो जनप्रतिनीधिहरुसँग हिसाब किताबको साथै आगामी दिनमा आउनुपर्ने योजनाहरुको बारेमा सल्लाह समेत दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…