रौतहटको गरुडामा कन्थमणी जयसवाललाई जिताउन पार्टीको घरदैलो
गरुडा बासी बिच परिचित जयसवाल बर्षौ देखि सामाजीक कार्यमा सकृय छन । गरुडा तथा रौतहट उद्योग बाणिज्य संघका पटक( पटक अध्यक्ष भइसकेका जयसवाल यस अघिको संसदिय चुनाबमा पनि रौतहट क्षेत्र नम्बर ४ बाट चुनाब लडेका थिए ।

२०७९ बैशाख १७ शनिबार, राति ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेकपा एमालेबाट रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख उमेदवार कन्थमणी जयसवालले घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका छन ।
शनिबार नगर प्रमुखका उमेदवार जयसवालले गरुडा नगरपालिका को वडा नं ४ गरुडा गाउँ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन ।
जयसवाललाई जिताउन स्थानीयहरु आ (आफ्नो स्तरबाट लागेका छन् ।सामाजिक कार्यमा अन्य उम्मेदवार भन्दा बढी रहेकोले स्थानीयहरु उम्मेदवार जयसवाललाई जिताउने लागि परेको स्थानीय सम्सुल होदाले बताएका छन् ।
कोरोना काल ,बिबाह, बर्तबन्ध, देखि लिएर आपत बिपतमा जयसबाल नै स्थानीयहरुको सहयोगमा अहोरात्र खटेकाले उहाँ प्रती जनताको आकर्षन बढेको स्थानीयहरुको भनाइ छ।
नेकपा एमाले को मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य सहितका उमेदवारहरुले मतदाताका साथमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।
मेयर का उम्मेद्वार जयसवालले आफू बिजयी भएपछि गरुडानगरको फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य र खानेपानी मा विशेष योजना बनाएर काम गर्ने बताएका छन ।
गरुडा बासी बिच परिचित जयसवाल बर्षौ देखि सामाजीक कार्यमा सकृय छन । गरुडा तथा रौतहट उद्योग बाणिज्य संघका पटक( पटक अध्यक्ष भइसकेका जयसवाल यस अघिको संसदिय चुनाबमा पनि रौतहट क्षेत्र नम्बर ४ बाट चुनाब लडेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…