धनुषामा मोसाको ठक्करले महिला गम्भिर, आइसियूमा भर्ती
न्यूज ब्यूरो || जनकपुरधाम, १९ चैत्त । धनुषामा मोटरसाईकल दुर्घटनामा परी एक महिला गम्भिर घाईते भएकी छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ केउटानी बस्ने बर्ष ६५ की रेशमा देवी मण्डललाई आईतबार साँझ मोटरसाईलले ठक्कर दिएपछि गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका ईन्चार्ज पवन झाले न्यूज ब्यूर

२०७४ चैत १९ सोमबार, बिहान ११:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १९ चैत्त । धनुषामा मोटरसाईकल दुर्घटनामा परी एक महिला गम्भिर घाईते भएकी छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ केउटानी बस्ने बर्ष ६५ की रेशमा देवी मण्डललाई आईतबार साँझ मोटरसाईलले ठक्कर दिएपछि गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका ईन्चार्ज पवन झाले न्यूज ब्यूरोलाई बताए ।
यदुकुहाबाट गोठकयलपुर जाने कालोपत्रे सडकमा तीव्र गतिमा रहेको ज ६ प २३३० नम्बरको मोटरसाईकले ठक्कर दिँदा मण्डल गम्भिर घाईते भएपछि उपचारको लागि विराटनगर लगिएको झाले बताए ।
ठक्कर दिने मोटरसाईकल तथा मोटरसाईकल चालक स्थानीय रुपनारायण साफीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
ठक्कर दिएर भागेका साफीलाई आज ईलाका प्रहरी कार्यालय यदुकुहाले नियन्त्रणमा लिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…