रौतहटको १८ मध्ये ५ पालिकाको जनप्रतिनिधिले मात्र गरे सवारी फिर्ता
नैतिकताको ख्याल गरेर भएपनि सरकारी सवारी साधन फिर्ता गर्नु पर्ने तर्क राखेका छन् ।

२०७९ बैशाख २ शुक्रबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । निर्वाचन नजिकदै जादा रौतहटका स्थानीय तहका प्रमुख र उप प्रमुखले प्रयोग गर्दै आएका सरकारी सवारी साधान धमाधम फिर्ता गर्न थालेका छन् ।
रौतहटमा १६पालिका र २ गाउँपालिका गरि १८ स्थानीय तह छन् सो मध्ये ५ स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् ।
निर्वाचन आचारसंहिता लागू भएसंगै ५ पालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।

गौर नगरपालिकाको मेयर अजय गुप्ताले प्रयोग गर्दै आएको स्कार्पियो गाडी र वडा अध्यक्षले चड्दै आएका मोटरसाइकल फिर्ता गरेका छन् भने गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर सुभद्रा गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कोर्पियो गाडी फिर्ता गरेका छन् ।

। सो नगरपालिकाका वडा अध्यक्षहरुले पनि सरकारी सवारी साधन फिर्ता गरेको स्थानीय राजु सहनीले बताएका छन् ।
त्यसैगरि चन्द्रपुर नगरपालिका मेयर रामचन्द्र चौधरी,बौधिमाइ नगरपालिकाको मेयर राजिब रन्जन यादबले चढ्दै आएको गाडी पनि फिर्ता गरेका छन् ।
रौतहटको राजपुर नगरपालिको मेयर शेख शकिल र त्यहाँका वडा अध्यक्षहरुले प्रयोग गर्दै आएको सरकारी सवारी साधन फिर्ता गरेको नपाका कर्मचारी हरेन्द्र साहले बताएका छन् ।

रौतहटका १८ स्थानीय तहमध्ये गौर, चन्द्रपुर, बौधीमाई , राजपुर र गढिमाइ नगरपालिकाका जनप्रतिनिधिले सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरेपछी अन्य नगरपालिका र गाउँ पालिकाको जनप्रतिनिधिले आफुले प्रयोग गर्दै आएको सरकारी सवारी साधन कहिले फिर्ता गर्ला भन्ने प्रश्न चिन्ह उब्जिएको छ।
अचारसहिता लागू भएता पनि सरकारी सवारी साधन फिर्ता नगर्ने जनप्रतिनिधिमाथी नैतिकताको सबाल खडा भएको समाजसेवि हृदय नारायण यादबले बताएका छन् ।
नैतिकताको ख्याल गरेर भएपनि सरकारी सवारी साधन फिर्ता गर्नु पर्ने तर्क राखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…